शिखर पोष्ट संवाददाता
काठमाडौं, भदौ २३ । सोलुखुम्बुको मुख्य हवाई नाका मानिने फाप्लु विमानस्थल सञ्चालन नहुने भएपछि यसवर्षको दशैतिहारमा सोलुखुम्बुबासीले हदैसम्मको सास्ति खेप्नुपर्ने भएको छ । प्रतिवद्धता जनाएको समयावधिभित्र ठकेदार कम्पनीले कालोपत्रे गर्ने काम नसक्ने भएपछि विमानस्थल सन्चालनमा आउने अवस्था नदेखिएको हो ।
काठमाडौं, भदौ २३ । सोलुखुम्बुको मुख्य हवाई नाका मानिने फाप्लु विमानस्थल सञ्चालन नहुने भएपछि यसवर्षको दशैतिहारमा सोलुखुम्बुबासीले हदैसम्मको सास्ति खेप्नुपर्ने भएको छ । प्रतिवद्धता जनाएको समयावधिभित्र ठकेदार कम्पनीले कालोपत्रे गर्ने काम नसक्ने भएपछि विमानस्थल सन्चालनमा आउने अवस्था नदेखिएको हो ।
कालोपत्रे गर्ने जिम्मा एमके खानी सिएमले पाएर काम थालेको थियो । तर वर्खाको झरीका कारण कालोपत्रेको काम सुचारू गर्न नसकेको निहु बनाएर आफ्नो प्रतिवद्धताबाट उ अहिले पन्छिन खोजेको छ । विमानस्थल कालोपत्रे असारको सुरुवातसँगै लागातार पानी पर्न थालेपछि कालोपत्रेको काम ठप्प भएको ठेकेदार कम्पनीका प्रमुख बाल गोपाल कणेल बताउछन् । कालोपत्रेको काम सुरु भएको बेलामा दशैं तिहारमा जसरी भएपनि फाप्लु विमानस्थल सञ्चालनमा ल्याउने प्रतिवद्धता उसले जनाएको थियो । विमानस्थल कालोपत्रेको काम ६ करोड १९ लाख १९ हजार ५ सय ४६ रुपैयाँमा सम्पन्न गर्नेगरी सिएमसँग सम्झौता भएको छ । फाप्लु विमानस्थल पर्यटकीय तथा अन्य दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । तथापी दशै र तिहारमा आवतजावत उच्च हुनुका साथै यहि समय पर्यटकीय सिजन भएको हुनाले जिल्लाका विभिन्न ठाउँको भ्रमण गर्न आउने पर्यटकको संख्या पनि उच्च रूपमा बढ्ने गर्दछ । त्यस्तै सोलु अस्पतालबाट रिफर गरिएका विरामीहरूलाई काठमाडौंसम्म ल्याउने आपतकालिन र बैकल्पिक माध्यम पनि फाप्लु विमानस्थल नै हो । अघिल्लो दृष्टान्तहरूलाई फर्केर हेर्दा फाप्लु विमानस्थल सुचारू रहँदाको अवस्थामा पनि सोलुबासीहरूलाई जहाज चढ्न एकदमै कठिन थियो ।
हवाई टिकटको कालोबजारी चल्थयो । पैसा तिरेर टिकट पाउनका लाथि पनि विभिन्न पहुँचवाला अथवा शक्तिकेन्द्र धाउनुपर्ने अवस्था थियो । ठाउँमा आफ्नो मान्छे हुनेहरूले सहजै टिकट पाएपनि सर्वसाधारणहरूले हप्तौ लाइन बसेर पनि टिकट नपाउने अवस्था थियो । त्यसअर्थमा यसवर्ष विमानस्थल नै ठप्प हुँदा कस्तो समस्या सिर्जजना हुने हो त्यो हेर्न बाकी छ ।


No comments:
Post a Comment