राजन भट्टराई
विराटनगर: पूर्वी नेपालमा ६० वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ। पूर्वका लगभग एकदर्जन जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान भएको हो। पहिचान भएका आधाभन्दा बढी गन्तव्यहरू पदयात्राका लगि उपयुक्त देखिएका छन्। नयाँ गन्तव्यका लागि नेपाल पर्यटन बोर्ड र व्यवसायीको पहलमा दुईदेखि ६० दिनसम्मको प्याकेज बनाउन र पहिचान भएका गन्तव्यमा पूर्वाधार विकास गर्न गृहकार्य सुरु भएको छ।
पहिचान भएका पर्यटकीय गन्तव्यमा केकस्ता पूर्वाधार जरुरी छ भनेर अध्ययन सुरु गरेका पर्यटन बोर्डका सदस्य रेवतबहादुर थापाले बताए । पूर्वाधार निर्माणका क्रममा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनलाई बढी प्राथामिकता दिने थापाको भनाइ छ। विराटनगरलाई केन्द्रबिन्दु मानेर पहिचान गरिएको पर्यटकीय गन्तव्यमा मकालु र कञ्चनजंगा आधारशिविरसमेत समावेश छन्। इलामको सन्दकपुरमा सुविधासम्पन्न पूर्वाधार तयार गर्ने र अधिकतम भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना रहेको थापाले बताए।
पहिचान भएका पर्यटकीय गन्तव्यमा छिन्नमस्ता, हलेसी, कोसीटप्पु, पिण्डेश्वर, दन्तकाली, बूढासुब्वा, रामधुनी, बराहक्षेत्र, त्रिवेणी, सुनवालुवा, पाख्रिबास, वसन्तपुर, गुफापोखरी, जलजले, सभापोखरी छन्। गाईखर्क, सूर्यखर्क, मकालु बेसक्याम्प, ढापखर्क, पाथीभरा, माइपोखरी, मथलुङ, शिवा, लेलेप, ओलाङचुङगोला, क्षप्ला, धुन्सा, सेरम, राम्चे, ओक्ताङ, मालुङ, कावेली पनि पर्यटकीय गन्तव्यमा परेका छन्।
त्यसैगरी लाफेभन्ज्याङ, छहारे बतासे, चियाभन्ज्याङ, फालेबुङ, भैंसेपोखरी, गोठखाले, सन्दकपुर, पशुपतिनगर, तुम्लिङटार, इलाम, गुर्दुमडाँडा, धनकुटा, भेडेटार, राजारानी, विराटराजाको दरबारसमेत नयाँ गन्तव्यमा परेका छन्।
‘सबै ठाउँमा एकै पटक आवश्यक पूर्वाधार तयार गर्न सकिँदैन तर कुन ठाउँमा के आवश्यक छ भन्ने पहिचान गरी ती ठाउँको विस्तृत विवरण तयार गर्ने काम सुरु भएको छ’, पूर्वाञ्चल पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष भविस श्रेष्ठले भने, ‘पहिले हामी ती सबै ठाउँको डकुमेन्ट्री तयार गर्छौं, अनि पूर्वाधार निर्माणतिर लाग्छौं।’
अहिले बोर्डले उपलब्ध गराएको ८४ लाख रुपैयाँ लगानीमा गन्तव्य पहिचान, डकुमेन्ट्री निर्माण र पूर्वाधारको आवश्यकताबारे अध्ययन भइरहेको थापाले बताए। पूर्वमा पर्यटकका लागि आकर्षक गन्तव्य नभएको र भएका केही गन्तव्यमा समेत पूर्वाधार अभावले पूर्वमा पर्याप्त मात्रामा पर्यटक आकर्षित गर्न सकिएको छैन।
annpost.com

No comments:
Post a Comment