Saturday, September 7, 2013

वायुसेवा सञ्‍चालक संघमा फेरि थापा

शिखर पोष्ट 
काठमाडौं, भदौ  २३ । आन्तरिक वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्‍चालक संघ नेपालको १३ औं वार्षिक साधारणसभाले सिम्रिक एअरलाइन्सका कार्यकारी अध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पुन: निर्विरोध निर्वाचित गरेको छ । संघको आगामी दुईवर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा एअर डाइनेस्टिका प्रबन्धनिर्देशक पवित्रकुमार कार्की, द्वितीय उपाध्यक्षमा माउन्टेन हेली सर्भिसका कार्यकारी निर्देशक क्याप्टेन दावा जाङ्बु शेर्पा, महासचिवमा फिस्टेल एअरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डे, सचिवमा गोमा एअरका प्रबन्धनिर्देशक मनोज कार्की र कोषाध्यक्षमा बुद्ध एअरका वरिष्ठ कार्यकारी प्रबन्धक रूपेश जोशी चयन भएका छन्।


संघको कार्यकारी सदस्यमा बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यती एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, सिम्रिक एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, सिम्रिक एअरकै निर्देशक योगराज कँडेल शर्मा र श्री एअर लाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर रहेका छन्। संघको साधारणसभाले श्री एअर लाइन्सका कार्यकारी अध्यक्ष वनवारीलाल मित्तल, फिस्टेल एअरका अध्यक्ष विकास राणा, सीता एअरका प्रबन्ध निर्देशक विनोदसिंह बस्न्यातलाई सल्लाहकार समितिमा नियुक्त गरेको छ। संघले सिम्रिक एअर लाइन्सका प्रमुख कर्पोरेट अफेयर्स घनश्याम आचार्यलाई प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ।

No comments: