Saturday, September 7, 2013

टान नेतृत्वका लागि भिड्न्तको स्थिति

राजनीति भागबण्डा गरिए त्यसबिरुद्द स्वतन्त्र समुह उत्रने

प्रकाश खालिङ
काठमाडौं, भदौ  २३ । नयाँ नेतृत्वका लागि आउदो असोज ४ गते सम्पन्न हुन लागेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को  निर्वाचनमा आफ्नो जीत सुनिश्चित गर्न दाबेदारहरू लबिङमा जुटेका छन् । नेतृत्वका दाबेदारहरूले व्यवसायी र पर्यटन क्षेत्रमा पहुँच राख्ने व्यक्तिहरूसँग विभिन्न तरिकाबाट लबिङ गर्न थालेका हुन् । 
टानको चुनावको विषयलाई लिएर अहिलेविभिन्न खाले परिस्थितिहरू सिर्जना भइरहेका छन् । निर्वाचन मिति नभएदेखि नै चर्चामा रहेको यो विषयले अहिले पर्यटन बजारलाई तताइरहेको छ ।  पछिल्लो समय टानमा राजनीति हावी हुन नदिन केहि व्यवसायीहरू लागि परेका छन् ।  टानको आगामी नेतृत्वका लागि पछिल्लो समय राजनीतिक भागबण्डासमेत सुरू भएको छ । आगामी निर्वाचनमा आफ्नो पक्ष जिताउनका लागि विभिन्न राजनीतिक दलका नेतादेखि कार्यकर्तासमेत लागि परेका छन् । उनिहरूले औपचारिक वा अनौपचारिक रूपमा खुलेरै आफ्नो पक्षमा लविङ थालेका छन् भने केहि पार्टीले त अध्यक्षको लागि नाम सिफारिस गर्ने निर्णय पनि गरिसकेको छ । काङगे्रस र एमाले निकट व्यवसायीक संगठनहरूले आआफ्नो पक्षको तर्फबाट अध्यक्षका लागि नाम सिफारिस गर्ने औपचारिक निर्णय गरिसकेको छ । 

कांगे्रसले इकोलोजीकल टेक्सका प्रबन्ध निर्देशक रमेश धमला र एमालेले सी नेपाल टे«किङका प्रबन्ध निर्देशक चन्द्र रिजालको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसैबीच, रिजालको पक्षमा निर्णय गरेसँगै एमाले निकटका व्यवसायीहरू दुई धारमा उभिएका छन् । एउटा पक्षले रिजाललाई टानको अध्यक्ष बनाउन चाहेका छन् भने अर्को पक्षले धरेललाई । त्यस्तै काङ्ग्रेसनिकट व्यवसायीहरू पनि धमलालाई अध्यक्ष बनाउने निर्णयप्रति सन्तुष्ट देखिँदैनन् । कांगे्रसनिकट व्यवसायीहरू धमला पक्ष र विपक्षमा उभिन थालेका छन् । एउटा धार धमलापक्षमा देखिन्छ भने अर्को धार पार्टीबाट विद्रोह नगरेपनि धमलालाई असहयोग गर्ने गर्ने बरू धमलाको विकल्पमा अर्को प्रत्यासी उम्मेद्वारलाई सहयोग गर्ने सम्भावना बढेर गएको छ । एमाओवादी निकट व्यवसायीक संगठन भने पर्ख र हेरको अवस्थामा रहेको बताइन्छ । उसले सागर पाण्डेको नेतृत्वमा टानमा बलियो उपस्थिति जनाउने गरी तयारी गरिरहेको बताइएको छ ।
टानको आगामी नेतृत्वका लागि वर्तमान महासचिव मोहन लम्साल र पूर्व महासचिव हरि धरेलले उम्मेद्धारी दिने दाबी गर्दै आएका छन् । उनिहरू दुवै जनाले अहिलेसम्म अध्यक्ष बन्ने आफ्नो अडान कायम राखेका छन् । यद्यपी, दुवैजनाले आफ्नो उम्मेद्धारीलाई स्वतन्त्र भनेर अथ्र्याएका छन् । 

यता केही व्यवसायीहरू भने टानलाई राजनीतिक अखडा बनाइएप्रति असन्तुष्ट जनाउदै त्यसविरूद्ध डटेर लाग्ने तयारी गरेका छन् । राजनीति अखडा बनाएर टानमा हालीमुहाली गर्न खोजिएको भन्दै उनिहरूले दलगत स्वर्थ र भागबण्डाको अवस्था सृजना भएर त्यसको प्रतिकार गर्दै स्वतन्त्र समुह बनाएर अघि बढ्ने तयारीसमेत गरिरहेको बुझिएको छ । स्रोतकाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष जाङबु शेर्पाको नेतृत्वमा वर्तमान महासचिव मोहन लम्साललाई वरिष्ठ उपाध्यक्ष र गुरूङ पर्यटन समाजका अध्यक्ष कुलबहादुर गुरुङलाई महासचिव बनाएर आदिवासी, दलित तथा महिला समाविष्ट स्वतन्त्र समुह टानमा लैजाने तयारी भइरहेको छ । 

टानको महासचिवलगायतका अन्य पदका लागि पनि उस्तै लविङ भइरहेको छ । हालसम्म महाचिवका लागि कुलबहादुर गुरूङ, सागर पाण्डे र कुमार थापाको नाम चर्चामा रहेको छ ।
 


No comments: