Wednesday, September 11, 2013

हवाई सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं । वायु सेवा संञ्चालक संघले तीन बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको छ । नेपाल आयल नियमले इन्धनको मूल्य बढाएलगत वायु सेवा सञ्चालकहरुले तीन बुँदे माग अघि सारेका हुन् ।


पर्यटनमन्त्रीलाई माग पत्र बुझाएका उनीहरुले १५ दिन भित्र माग पूरा नभए नगरे दशैंको मुखमा हवाई सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । संघले डिजेल, मटि्टतेल र एलपी ग्यासमा अनुदान दिन हवाई ईन्धनमा अध्याधिक मूल्य बृद्धि गर्ने सरकारी नीति खारेज, हवाई ईन्धन निर्यातमा नीजि क्षेत्रका लागि पनि समावेश गर्नु पर्ने र हवाई ईन्धन पाउन तीन साताको खपत बराबरको मूल्य एकै पटक जम्मा गर्ने प्रावधानको साटो बैंक ग्यारेन्टी स्वीकार गर्नु पर्ने ब्यवस्था गर्न माग गरेको छ ।

मन्त्रीलार्इ ज्ञापन पत्र बुझाएपछि राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मटि्टेल, ग्यास र डिजेलको घाटा हवाई ईन्धनबाट असुल्ने पञ्चायतकालिन क्रस सब्सिडीको ब्यवस्थाका कारण सर्वधारणको लागि हवाई सेवा महंगो भएको बताउनुभयो । १५ दिन भित्र माग पुरा नभए बाध्यताबस दशैंको मुखमा हवाई सेवा ढप्प पार्नु पर्ने उहाँको भनाई छ । थापाले भन्नुभयो-’माग पुरा नभए दुई घण्टा, आधा दिन, पुरा दिन गर्दै क्रमस बन्द गर्दै जान्छौं ।’

संघका महासचिव सुमन पाण्डेले हवाई ईन्धनमा बढाएर अन्यमा अनुदान दिँदा वर्षेनी हवाई यात्रा गर्ने १५ लाख नेपाली नागरिक समस्यामा पर्ने गरेको दावी गर्नुभयो ।

No comments: