काठमाण्डौ, भाद्र २७ । काले राई (डा.स्वामी प्रपन्नाचार्यलाई किरात जिमी (राई) उत्थान समाज लगायतका विभिन्न किरात मुलका बिभिन्न संघसंस्थाहरुले संस्थागत अभिनन्दन गर्ने भएका छन । यही भाद्र २९ गते पसुपतिस्थित किरातेश्वरमा राईलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको जिमी (राई) उत्थान समाजले जनाएको छ ।
राई किरात राई कुलमा वि.स. १९७९ साल असोज दशमीका दिन लालीखर्क, पाँचथरमा जन्मनु भएको हो । धर्मदास राई तथा दिलमाया राईको कोखबाट जन्मनुभएका राईले ३० वर्षको उमेरबाट अध्ययन प्रारम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट पि.एच.डि. उपाधि हाँसिल गर्नुभएको थियो ।

No comments:
Post a Comment