शिखर पोष्ट संवाददाता
काठमाडौं, भाद्र २७ - असोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालले आगामी संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी ५ सय ७५ जनाको उम्मेदवारी दिने दावी गरेको छ । पार्टी सचिवालयको बैठकले देशभरिका ५६ जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार दिने निर्णय गर्ने जनाईएको छ ।

'सचिवालयले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डा र बैठकको पूर्व तयारीबारे निर्णय गर्छ,' शनिबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकबारे स्रोतले भन्यो, 'केन्द्रीय समितिले निर्वाचन केन्दि्रत एक सूत्रीय छलफल गर्नेछ ।' केन्द्रीय समितिको बैठकले निर्वाचन परिचालन, घोषणापत्र मस्यौदा, उम्मेदवार छनोट, आर्थिक व्यवस्थापन र स्वयंसेवक परिचालन समिति निर्णय गर्ने जनाइएको छ । ती समितिले कार्ययोजना र मापदण्ड निर्माण गरी परिचालन गर्नेछ ।
केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई प्रत्यक्ष उम्मेदवार तोक्ने समझदारीमा निर्णय गर्ने जनाइएको छ । पार्टीको अध्यक्ष अशोक राई उदयपुर जिल्लाको कुनै एक क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिने छन् । राई यसअघि एमालेबाट २०४८ र ०५१ सालमा खोटाङबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि राज्यमन्त्री र दुईपटक मन्त्रीसमेत बनेका थिए भने संविधानसभा विघटनपछि एमालेको केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा गरी संघीय समाजवादी पार्टी नेपाल गठन गरी अध्यक्ष बनेका हुन् ।

No comments:
Post a Comment