Thursday, September 5, 2013

देशको अर्थतन्त्रबारे के भन्छन पूर्वप्रधानमन्त्रीहरु ?

पूर्वप्रधानमन्त्रीहरु-पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा

पुष्पकमल दाहाल
आर्थिक कान्तिका लागि वीरगन्ज चिनी र कृषि औजार कारखानाजस्ता कृषिजन्य उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउनुपर्छ । आत्मनिर्भरताका लागि पर्यटन र जलविद्युत्लाई नेतृत्व र कृषिलाई आधारमा राखेर आर्थिक क्रान्तिको एजेन्डा अघि बढाउनु आवश्यक छ । राजनीतिक नेतृत्वलाई व्यंग गरेर आर्थिक क्रान्तिको कुरा सम्भव हुँदैन ।
डा. बाबुराम भट्टराई
बिजुली, सडक, एयरपोर्टजस्ता आर्थिक र शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा लगानी गर्न सके १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर सम्भव छ । राजनीतिक स्थिरता, छिमेकी चीन र भारतबीचको गतिशील पुल बनेर दुवै मुलुकको लगानी भिœयाउने र राजनीतिक भ्रष्टाचार अन्त्य आर्थिक विकासका ३ सर्तहरूमा हुनुपर्छ ।
लगानी भिœयाउने उद्देश्यले मेरो प्रधानमन्त्रीत्वकालमा भारतसँग बिप्पा सम्झौता गरिएको हो ।

झलनाथ खनाल
 बाहिरी लगानीको भरमा मात्र नपरेर मुलुकमै रहेको पुँजीलाई पलायन हुनबाट रोकेर स्वदेशमा लगानीको लागि उत्प्रेरित गर्नुपर्छ । लगानी भिœयाउने सम्भावना रहेकाले आर्थिक विकासको एजेन्डामा प्रमुखतामा राख्नु आवश्यक छ ।
विश्वको आधा जनसंख्या दक्षिण एसियामा रहेकाले नेपालले आफ्ना उत्पादनको बजार खोज्न टाढा जानै पर्दैन । उत्पादनमुखी अर्थतन्त्रको विकास गरौं ।

माधवकुमार नेपाल
राजनीतिक आवधारणमा आपराधिक समूह परिचालन गरी उद्योगी व्यवसायीलाई त्रसित बनाउने, सम्पत्ति कब्जा गर्नेजस्ता आपराधिक गतिविधि नरोकिए आर्थिक क्रान्ति सम्भव छैन । दिगो शान्ति र सुशासनको स्थापना हुनुपर्छ ।
बढ्दो आयात, बेरोजगारी व्यापार घाटाले आर्थिक विकासमा भयावह चुनौती उत्पन्न भएको छ । आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र, र मजदुर आ–आफ्नो स्वार्थबाट माथि उठ्नु आवश्यक छ ।


शेरबहादुर देउवा
मुलुकले कुनै बेला ८ प्रतिशतको आर्थिक वृद्धि पाएकोे हत्या, हिंसा, त्रास, लुटपाट, भयको राजनीतिका कारण यो दर ३ प्रतिशतमा झरेको छ । उत्पादनमुखी अर्थतन्त्रका लागि विशेष योजना बन्नुपर्छ । व्यापार घाटा कम गरे आर्थिक विकास गर्न सहज हुनेछ ।

No comments: