Wednesday, September 11, 2013

सोलुखुम्बुका सोनाम छिरिङलाई स्वतन्त्र उम्मेद्वार

शिखर पोष्ट डेक्स । स्वतन्त्र नागरिक अभियान संयोजन समिति सोलुखुम्बुले सोनाम छिरिङ शेर्पा स्वतन्त्र उम्मेद्वार बनाउने निर्णय गरेको छ । जिविस सोलुखुम्बुका पूर्व उपसभापति आङ दोर्जी शेर्पा, विश्वनाथ राई, सगरमाथा आरोही काजी शेर्पा, खम्बसिंह विश्वकर्मा, समाजसेवी भवकुमार श्रेष्ठलगायतको उपस्थितिमा हालै सम्पन्न समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
राजनीतिक दलप्रति जनतामा बितृष्णा बढ्दै गएको बेला बिकृति, बिसंगति विरुद्ध लड्न स्वतन्त्र व्यक्तित्व आवश्यक भएकोले शेपालाई अघि सारिएको समितिका संयोजक मुक्ति बास्तोला भनाइ छ ।विगत चार दशकदेखि राजनीतिमा सक्रिय शेर्पा २०५४ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजनीतिक सल्लाहकार हुनुभएपछि २०५७ सालदेखि स्वतन्त्र रुपमा रहनुभएको थियो । २०५१ सालमा भएको संसदीय निर्वाचनमा शेर्पा नेपाली कांग्रेसका बलबहादुर केसीवाट १४३ मतले पराजित हुनुभएको थियो ।

No comments: