Thursday, September 5, 2013

किरात राई पत्रकार संघ सुनसरीको अध्यक्षमा सन्देश


काठमाडौं, भदौ २० । किरात राई पत्रकार संघ सुनसरीको तेस्रो सम्मेलनले रेडियो जनसन्देश सम्बद्ध पत्रकार सन्देश बान्तावा राईको नेतृत्वमा तेह्र सदस्यिय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा सौर्य दैनिकका सरिता पुमा राई, सचिवमा दन्तकाली एफ एमका मिलन राई, सहसचिवमा विएसी न्युज साप्ताहिकका विजय राई र कोषाध्यक्षमा फाष्ट टाइम्स दैनिकका सन्जु राई रहनुभएको छ । 


 सदस्यहरुमा विजयपुर एफ एमका सुम्निमा चाम्लिङ र नुनुता राई, सम्पदा आँचल साप्ताहिककी सुप्रिया राई, परिक्रमा साप्ताहिकका विश्व राई र बुङवाखा मासिकका राजन इशारा राई चयन हुनुभएको छ । ३ जना सदस्य आगामी वैठकवाट थप गरिने नवनिर्वाचित अध्यक्ष सन्देश बान्तावाले जानकारी दिनुभयो । संघका केन्द्रिय उपाध्यक्ष श्रीशीशा राईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका सचिव बलराम राई, बराह ज्वेलरी इण्डष्ट्रिजका प्रबन्धक मानबहादुर दियाली, सुनसरी उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No comments: