काठमाडौं, । नेपाल पर्यटन बोर्डका सुरक्षा गार्ड आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका छन् । ड्यूटीमा रहेका सुरक्षा गार्डलाई बाहिर कार्यक्रममा आएका युवाहरुले कार्यालय परिसरमा निर्घात कुटपिट गरेको पर्यटन बोर्ड कर्मचारी युनियनले बताएको छ ।
युनियनले प्रेश विज्ञप्ती जारी गरि घटनाको निन्दा र भ्रत्सना गरेको छ । प्रत्यक्षदर्शीका अनुसार गार्डलाई युवाहरुले बिना कारण कुटपिट गरेका हुन् । एक श्रमजिवि कर्मचारीप्रति भएको हातपातको निष्पक्ष छानविन गरि दोषीमाथि कारवाही गर्नुपर्ने माग युनियनले राखेको छ । साथै, भोलीका दिनमा यस्ता घटना हुन नदिन सबै सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ ।

No comments:
Post a Comment