काठमाडौं, असोज ७ । जिमी राई उत्थान समाज सोलुखुम्बुले आफ्नो १५औं वार्षिक उत्सव भब्यतपुर्बक मनाएको छ । जातिय अस्तित्व उच्च स्वाभिमान किँरात संस्कृति हाम्रो पहिचान भन्ने मुल नाराका साथ समाजले सदरमुकाम सल्लेरिमा बिबिध कार्यक्रमको आयोजना गरी वार्षिकउत्सब मनाएको हो ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री गोपाल किराँतीले गणतन्त्र चाहेको अभियान अधुरो रहेको भन्दै आगामी संविधान सभाको निर्वाचनमा मन पर्ने नेतालाई भोट दिन सोलुखुम्बु बासिलाई आग्रह गर्नुभयो । फाप्लु विमानस्थल कालोपत्रे गर्न आफ्नै पहल रहेको समेत उहाँले बताउनुभयो । संस्थाका केन्द्रिय महासचिव केसर बाहिङले अब बन्ने संविधानमा सबै जातजाति भाषा, संस्कृति, समेटिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा पुर्व सामसद भुपाल किराँती, संस्थापक महासचिव तथा फ्रेन्ससिफ युथ क्लवका अध्यक्ष महेश किराँती राजनितिक दलका प्रमुख प्रतिनिधि सोलुखुम्बुबासी जिमी राईको बाक्लो उपस्थिती रहेको थियो । यसैबिच जिमी परम्परा अनुरुप जिमी सङग्राहलय भवन शिल्यानास पनि गरीएको छ भने आर्चरी धनुवाण खेलको समेत उद्घाटन गरीएको छ ।
No comments:
Post a Comment