Sunday, September 15, 2013

टानमा जाङबु शेर्पाको सशक्त प्यानल

jangbu sherpa
प्रकाश खालिङ, काठमाडौं, भदौ ३० । ट्रेकिङ ब्यबसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष जाङबु शेर्पा सशक्त रूपमा उत्रिएका छन् । नमस्ते ट्रेक्स एण्ड एक्स्पीडीसनका प्रबन्ध निर्देशकसमेत रहेका शेर्पाले स्वतन्त्र र विभिन्न पार्टीका असन्तुष्ट व्यवसायीहरूलाई समेटेर सशक्त प्यानल तयार पारेका छन् ।
उनका प्रत्यासी उम्मेद्वारको रूपमा इकोलोजिकल ट्रेक्सका प्रबन्ध निर्देशक रमेश धमला रहेका छन् । उनी कांगे्रसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपालको सिफारिसमा उम्मेद्वारी बनेका हुन् ।
शेर्पा प्यानलमा बरिष्ठ उपाध्यक्षको रूपमा मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्साल छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा गणेश न्यौपाने, द्धितिय उपाध्यक्षमा अप्सरा ट्रेक्सका प्रबन्ध निर्देशक कृष्णहरी खत्री महासचिवमा आसाही ट्रेक्स एनड एक्सपिपिडसनका अन्जन थापा (कुमार), सचिवमा निमा लामा, कोषाध्यक्षमा आउटडोर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक राजेन्द्र सापकोटा र सहकोषाध्यक्षमा रामकृष्ण तिमल्सिना रहेका छन् भने कार्यसमिति सदस्यहरूमा फुरवा ग्याल्जेन शेर्पा, तारानाथ लामिछाने, मूक्ति पाण्डे, राम प्रसाद सापकोटा, विष्णु बहादुर कुँवर, सरोजा हमाल, लाक्पा नुर्वुशेर्पा, बिनोद सापकोटा र अनिल भट्टराई रहेका छन् । 
धमला प्यानलको वरिष्ठ उपाध्यक्षमा केशव पाण्डे, प्रथम उपाध्यक्षमा कामी रिन्जी शेर्पा, द्वितिय उपाध्यक्षमा कुल बहादुर गुरूङ, महासचिवमा सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा गोपाल बाबु श्रेष्ठ तथा सह—कोषाध्यक्षमा तिलक बहादुर थापा मगर र सदस्यहरूमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्ठी शेर्पा, नमराज गौली, आङपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सीना र धन प्रसाद गुरूङ रहेका छन् ।

शेर्पा प्यानललाई कांग्रेस, एमाले र एमाओवादीनिकट असन्तुष्ट पक्षहरूले समर्थन गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेद्धारी बन्ने दाबी गर्दै आउनुभएका हरि धरेलले आफु राजनीतिक लडाईमा नलाग्ने भन्दै उम्मेद्वारी नै नदिई शेर्पालाई पूर्ण समर्थन गर्नुभएको छ भने वर्तमान महासचिव मोहन लम्सालले पनि शेर्पालाई समर्थन गर्नुभएको छ । त्यस्तै पर्यटन व्यवसायी नवराज दाहाल र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका संयोजक चन्द्र रिजालले अध्यक्षको लागि उम्मेद्वारी दर्ता गरेपनि अन्तत आफ्नो उम्मेद्वारी फिर्ता लिदै शेर्पालाई सहयोग गर्ने ऐकेबद्धता जनाउनुभएको छ । यसैबीच, बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दर्ता गरेका टिकाराम गुरूङ र ईश्वरी पौडेल तथा सहकोषाध्यक्षमा उम्मेद्वारी दिएका गुप्तबहादुर भण्डारीले वपन आफ्नो उम्मेद्वारी फिर्ता लिदै शेर्पा प्यानललाई नै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शेर्पाले एक दशकको अन्तरालपछि शेर्पा समुदायको प्रतिनिधित्व गर्दै टानको अध्यक्षमा दाबी गरेका हुन् । कांग्रेसनिकट व्यवसायीहरूबाट सिफारिस भएका धमलालाई एमाओवादी संस्थापन र कांगे्रसनिकटका व्यवसायीहरूले सहयोग र समर्थन गरेका छन् ।
नयाँ नेतृत्व चयनका निम्ति सहमति जुटाउने प्रयास भएपनि सफल सावित हुन नसकेपछि अन्तत चुनावै हुने सुनिश्चित भएको हो । यहि असोज ४ मा चुनाव हुदैछ । टान नेतृत्वका लिनका लागि यसअघि आधा दर्जनको दाबी थियो । तर उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन भदौ २९ गते आइपुग्दा दुईजनाबीच मात्रै प्रतिस्पर्धा हुने निश्चित भएको थियो । 

ज्योति र दीपकको गठबन्धन अपवित्रः व्यवसायी
कुनैबेला ज्योति अधिकारी र दीपक महतको कुरा पर्यटन बजारमा धेरै विक्थ्यो । त्यसोत यी दुई पात्रबीच हरेक विषयमा बैचारिक तथा सैदन्ति मत मतान्तर भाईरहने गरेको थियो । तर टानको ३५औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यसम्म आइपुग्दा त्यो अवस्था रहेन । आगामी नेतृत्व आफ्नो पकेटका व्यक्तिलाई दिलाईदिन उनीहरूबीच एकाएक गठबन्धन बनेको छ । यता व्यवसायीहरूले भने यो गठबन्धनलाई अपवित्र र स्वर्थपूर्तिको लागि मात्रै भएको भन्दै त्यसविरूद्ध विपक्षमा उभिन थालेका छन् ।ज्योति एमाओवादी र दीपक कांगे्रस निकटका व्यवसायी हुन् । 
http://www.sagarmathaonline.com/index.php?action=news&id=2225

No comments: