Sunday, September 15, 2013

जिमी राईलगायत किरातजन्य संस्थाद्वारा प्रपन्नाचार्य काले राईलाई अभिनन्दन

काठमाण्डौ, भदौ ३० । जिमी (राई) उत्थान समाज, सोलुलगायत विभिन्न किरात जन्य संस्थाहरुले डा. स्वामी प्रपन्नाचार्य (काले राई)लाई सामुहिक अभिनन्दन गरेको छ । मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख अतिथ्यमा स्वामी निवास किरातेश्वर, पशुपतिमा एक समारोहको आयोजना गरी सम्मानपत्र र पचास हजार नगद सहित प्रपन्नाचार्यलाई संस्थागत अभिनन्दन गरिएको हो ।

वि.स. १९७९ सालमा पाँचथरको लालीखर्कमा जन्मिएर ३० वर्षको उमेरबाट अध्ययन कार्य पा्ररम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट पि.एच.डि. उपाधि हाँसिल गर्नुभएका हुन । प्रपन्नाचार्यका ‘प्राचीन किरात ईतिहास’र्, वेदमा के छ ?’र्, मिल्केका झिल्का’, ‘किरातहरु मंगोलियाबाट आएका शरणार्थी होइनन्’ लगायत नेपाली, संस्कृत, हिन्दी तथा अंग्रेजीमा गरी करिब पाँच दर्जन जति पुस्तक प्रकाशित छन् ।
अभिनन्दन समारोहमा डा. स्वामी प्रपन्नाचार्यको व्यक्तित्व र कृतिबारे बैरागी, काईला, प्रा.डा. नोबल किशोर राई, गोविन्द टण्डन, डा. चिन्तामणि योगी र जिमी (राई) उत्थान समाजका अध्यक्ष यस बहादुर राई लगायतले चर्चा गर्नुभएको थियो । अभिनन्दीत भएपछि डा. स्वामी प्रपन्नाचार्यले किरात राई समुदायले आफुलाई सम्मान गरेकोमा हर्षविभोर भएको बताउनु भयो । ढिलै भएपनि आफुले गरेको अध्ययन र खोजकार्य किरात राई समुदायले बुझ्न थालेको बताउदै मान्छे सफल होईन असल बन्नुपर्ने बताउनुभयो ।

समारोहमा प्रा.डा. नोबल किशोर राईले सानोमा प्रपन्नाचार्यसंग केहि समयसंगै बिताएको क्षण सम्झनुभयो । आफ्नो भनाई राख्नुहुदै राईले राष्ट्रियगानको ‘कोडअफ कन्डक्ट’ बनाउन समेत माग गर्नुभयो । ‘संसारमा राष्ट्रियगान बच्दा सबैजना छातीमा हात राखेर, सतर्क अवस्थामा उभिनुपर्छ’, उहाँले भन्नुभयो ‘तर हामी राष्ट्रियगान गाउँदा के गर्ने÷नगर्ने कोड अफ कन्डक्ट (नियम) छैन ।’ राज्यले राष्ट्रियगानका रचनाकारले उचित सम्मान समेत गर्न नसकेको बताउदै अब जीवनवृत्तिको निम्ति सरकारले व्यवस्था गर्नुपर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईला, राष्ट्रिय गानका सर्जक व्याकुल माईला, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डन, पूर्व माननीय भूपाल किराती, चिन्तामणि योगी लगायत राष्ट्रिय जीवनमा महत्वपुर्ण योगदान पु¥याएका प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा वरिष्ठ केन्द्रीय सदस्य बिक्रमबाबु राईले स्वागत मन्तव्य राख्नुभएको थियो । महासचवि केशर राईले संचालन गर्नुभएको कार्यक्रममा कुलुङ, बाहिङ समुदायको साकेला सिली (तोसी) प्रस्तुत गरिएको थियो ।

No comments: