नेपाल आउने पर्यटक बृद्धि गर्न राष्ट्रिय योजना आयोगले निर्माण गरेको त्रिवर्षीय योजना कार्यन्वयनमा ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटेको छ । आयोगले हालै सार्वजनिक गरेको आगामी तीन वर्ष (आव २०७०÷०७१ देखि ०७२÷७३ भित्र) मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या वार्षिक १५ लाख पुर्याउने महत्वकाक्षी योजनालाई कार्यन्वयनमा ल्याउन मन्त्रालय जुटेको हो । यो संख्या अघिल्लो वर्ष नेपाल घुम्ने पर्यटकको दोब्बर बढी हो । आयोगले तयार पारेको योजनाअनुसार कार्यक्रम तयार भइरहेको पर्यटन
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
नयाँ योजना अन्तर्गत नेपाल वायुसेवा निगममा जहाजको संख्या थप गनेर, निजी क्षेत्रसँग सहकार्य गरेर अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गनेर, पर्यटकले गनेर दैनिक खर्चलाई ३५ डलरबाट बढाएर ६५ डलर पुर्याउने, पर्यटकको औसत बसाइ १३ दिन पुर्याइने, कुल ग्रास्त उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १ दशमलव ८ प्रतिशतबाट बृद्धि गरी ४ प्रतिशत पुरयाउने र नेपालमा उडान भनेर अन्तराष्ट्रिय विमान कम्पनीहरुको संख्यालाई ४० पुर्याउने लगायतका महत्वकाङक्षी कार्यक्रमहरु समेटिएका छन् । उक्त योजनाबाट सन् २०२० सम्ममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सरकारले यसअघि नै घोषणा गरिसकेको “टुरिजम भिजन २०२०लाई सफल बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।
हरेक तीनतीन वर्षमा पर्यटनको संख्या बृद्धि गर्ने उद्देश्यले योजना निर्माण गरिदै आइएको छ । गत विसं २०६७ देखि ७० सम्मको त्रिवर्षीय योजनामा सरकारले १२ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो तर सो त्रिवर्षीय योजना अवधिमा ८ लाख पर्यटकले मात्र नेपालको भ्रमण गरेको तथ्याङक छ । यसअघिको विसं २०६७ देखि २०७० सम्मको त्रिवर्षीय योजनामा पर्यटकको आगमन संख्या ८ लाख पुर्याउने, नेपाल बसाइ १२ दिन पुर्याउने, प्रतिपर्यटक दैनिक खर्च ३४ दशमलव ९४प्रतिशत पुर्याउने, राष्ट्रको कुल उत्पादनमा पर्यटनको योगदान १ दशमलव ८ प्रतिशत पुर्याउने, प्रत्यक्ष रोज्गारी एक लाख पचास हजार पुर्याउने योजना रहेको थियो । तर त्यसको कार्यन्वयन हुन सकेन ।
देशको अस्थिर राजनीतिक अवस्थाका कारण पर्यटकीय पूर्वाधारहरुको विकास गर्न नसकिरहेको बेला पर्यटकको संख्यामा दोब्बर बृद्धि गर्नु चुनौतिपूर्ण देखिन्छ । अकोर्तर्फ पर्यटकको संख्यात्मक बृद्धि भएपनि पर्यटकले नेपालमा आएर गनेर् खर्चमा भने घट्दै गएको तथ्याङकले देखाएको छ । यसैबीच, पर्यटन क्षेत्रको समग्र विकासका लागि भन्दै पर्यटन मन्त्रालयले पर्यटन रणनीति समेत निर्माण गरिरहेको छ । यता पर्यटन व्यवसायीहरुले भने मन्त्रालयले पटकपटक योजना निर्माण गनेर् गरेपनी कार्यान्वयन पक्षमा खासै ध्यान नदिएको कारण योजनाले लक्ष्य प्राप्त गर्न नसकेको बताउदै आएका छन् । आवश्यक पर्यटकीय पूर्वाधार निर्माण, सहुलियतको व्यवस्था, देशमा राजनीतिक अस्थिरता कायम रहुनजेल कुनैपनि हालतमा पर्यटकको संख्यात्मक बृद्धि हुन नसक्ने व्यवसायीहरुको बुझाइ छ ।

No comments:
Post a Comment