
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका
शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी
आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण
गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम
गरिसक्नुभएका शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन
शिखर पोष्ट संवादाता
काठमाडौं, १० भदौं । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य आङछिरिङ शेर्पा टुरिजम म्यान अफ दी इयर २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ । वर्षभरीको उत्कृष्ठ पर्यटन व्यवसायीको रुपमा शेर्पाले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।
काठमाडौं, १० भदौं । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य आङछिरिङ शेर्पा टुरिजम म्यान अफ दी इयर २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ । वर्षभरीको उत्कृष्ठ पर्यटन व्यवसायीको रुपमा शेर्पाले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।
उक्त अवार्ड गन्तव्य नेपालको नवौं वार्षिकोत्सवको अवसरमा आइतबार होटल
अन्नपूर्णमा आयोजित भव्य समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन
मन्त्री रामकुमार श्रेष्ठले प्रदान गर्नुभएको थियो । सोअवार्ड यसअघि नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी
अधिकृत सुभाष निरौला, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल र फिस्टेल
एयरका प्रमुख कार्यकारी अधिकृत सुमण पाण्डेले प्राप्त गरिसक्नुभएको छ ।नेपालको सिंगो पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासको बागडोर सम्हालिरहनुभएका शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा चिन्न सकिन्छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याएकोबखत हालै मात्र विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यको रुपमा शेर्पालाई मनोनयन गरेको थियो । पर्वतीय क्षेत्रमा शेर्पाले पु¥याउनुभएको योगदानको कदर गर्दै केहि समय अगाडी मात्रै उहाँ विश्व पर्वतारोहण महासंघले आफ्नो सदस्याता प्रदान गरेको हो । त्यसअर्थमा उहाँलाई नेपालको मात्रै नभएर विश्वकै पर्वतीय पर्यटनमा विख्यात व्यक्तित्व मानिन्छ ।

विश्व पर्वतारोहण महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाबाट दोस्रो हुनुहुन्छ भने नेपालबाट पहिलो । एसियन टे«किङ प्रा.लि. एसियन एडभेन्चर ट्राभल एण्ड टुर्स प्रा.लि.होटल माउन्टेन मानेस्ट्री प्रा.लि. हिमालयन चाइन रिसोर्ट (एसीआर)समेतको अध्यक्ष हुनुहुन्छ ।
सर्वोच्च
शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका
शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । चार दशकभन्दा
बढि समय पर्यटनमा खर्चिसक्नुभएका शर्पालाई सालिन र निडर र निस्वार्थ भावले
युक्त व्यक्तित्वको रुपमा पनि लिन सकिन्छ । विभिन्न राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका शेर्पाले आफैले सगरमाथाको शिखर
नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर
सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ । दर्जनौं
पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका शेर्पाको अहिलेको
आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन ।
अहिले
पनि उहाँ तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय संघसंस्थामा
क्रियाशिल हुनुहुन्छ । जसमध्ये अधिकांश संस्थामा उहाँ नेतृत्व तहमै रहेर
भूमिका निर्वाह गरिरहनुभएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत
अहिलेसम्म उहाँले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा
सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ । तसर्थ शेर्पाले नेपालको पर्यटन
क्षेत्रमा पु¥याउनुभएको योगदानको जति नै प्रसंसा गरेपनि कमी हुन्छ ।
डाक्टर बन्ने सपना बोकेर अध्ययन गर्नुभएका शेर्पाले एमबीबीएस गर्नुभएको छ । ‘टुरिजम म्यान अफ दी इयर २०१३ अवार्ड पाउनु थिएछर म डाक्टर बनिन’ अवार्ड प्राप्त गरेपछि बोल्दै शेर्पाले भन्नुभयो–‘मेरो डाक्टर बन्ने सपना पूरा नभएपनि गुणासो छैन । मैले यो क्षेत्रमा हासिल गरेका उपलब्धहरुबाट म सन्तुष्ट छु । आफुले पाएको अनुभव नेपालको पर्यटनमा खर्चनेछु ।’ पर्यटन क्षेत्रका विकासका लागि जस्तो सुकै चुनौतिको सामाना गर्न पनि आफु तत्पर रहने उहाँको भनाइ थियो ।
प्रस्तुतिःप्रकाश खालिङ
khalingnews.blogspot.com
No comments:
Post a Comment