काठमाडौ, भदौ १४ । उच्च माध्यमिक शिक्षा परिषद्बाट छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग निजी कलेजले असुल्ने रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले निजी कलेजमा छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग कलेजले रकम लिए नलिएको विषयमा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न परिषद्लाई निर्देशनसमेत छ ।
अख्तियारले परिषद्मा पठाएको पत्रमा छात्रवृत्ति कोटाको विषयमा स्थलगत रूपमा अध्ययन गर्नुपर्ने उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति कोटामा पढ्ने विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने परिषद्को नियममा उल्लेख छ ।
तर, निजी कलेजले भने छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग चर्को शुल्क लिँदै आएको उजुरी अख्तियारमा परेको छ । परिषद्ले गठन गरेको अनुगमन समितिले चालू शैक्षिक सत्रका लागि विज्ञान संकायमा पढ्नेले १२ हजार रुपैयाँ, व्यवस्थापन संकायकाले ६ हजार ५ सय र मानविकी संकायमा पढ्नेले ३ हजार ५ सय अधिकतम शुल्क निर्धारण गरेको थियो ।
तर, निजी कलेजहरूले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उसले परिषद्लाई पत्राचार गरेको हो । सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीले मात्र दश जोड दुईको ११ र १२ कक्षाका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त भए पनि आफूहरूले चर्को शुल्क तिर्नु परेको भन्दै आयोगमा विद्यार्थी र अभिभावकले उजुरी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिषद्लाई अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए पनि परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्र र सदस्य सचिव भीमलाल गुरुङले अनुगमन कार्य अगाडि नबढाउन निर्देशन दिएको परिषद् स्रोतले बतायो ।
आयोगले अकुत सम्पत्ति कमाएको भन्दै उपाध्यक्ष मिश्र र सदस्य सचिव गुरुङलाई छानबिन प्रक्रिया अगाडि बढाइसकेको छ । उपत्यकालगायत मुलुकका ठूला निजी कलेजले विद्यार्थीसँग चर्को शुल्क लिँदै आएका छन् ।
राजधानी दैनिक

No comments:
Post a Comment