Sunday, August 11, 2013

राइजिङ युथ सेभिङ फण्डको दोस्रो वार्षिक साधरण सभा सम्पन्न

खालिङ डेक्स 
काठमाडौं २७ साउन । राइजिङ युथ सेभिङ फण्डको दोस्रो वार्षिक साधरण सभा सम्पन्न भएको छ । फण्डले शनिबार राजधानीको युनिभर्सल क्याफेमा आफ्नो दोस्रो साधारण सभाको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा फण्डका अध्यक्ष आशकुमार खालिङले आर्थिक विकासको लागि एकता आवश्यक रहेको बताउदै युवाहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।  क्रमश:.......

सचिव प्रकाश खालिङले स्रोत साधनको पहिचान गर्दै संस्थालाई व्यवसायीकतातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औल्याउनुभयो । आर्थिक विकासको लागि जस्तोसुकै चुनौतिको पनि सामना गर्नुपर्ने उहाँको भनाइ थियो ।  
कार्यक्रममा अध्यक्ष आशकुमार खालिङले संस्थागत प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रमेश राईले फण्डको आर्थिक वर्ष २०७०÷०७१ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनमाथी बृहत छलफल गरी सर्वसम्मतबाट पारित गरिएको छ । कार्यक्रमको सञ्चालन फण्डका सहसचिव तिलक राईले गर्नुभएको थियो ।

युवाहरुको प्रतिवद्धता आर्थिक एकता भन्ने मुल नाराका साथ दुई वर्षअघि स्थापना भएको फण्डको शेयर सदस्य हाल ४५ जना रहेको छ । फण्डले आफ्नो दोस्रो साधारण सभाबाट आर्थिक विकासका लागि नयाँ रणनीति तयार पारेको छ ।

No comments: