Sunday, August 11, 2013

फोनिजको १४औं स्थापना दिवश भव्य रुपमा सम्पन्न फोटो फिचरसहित

खालिङ डेक्स
काठमाडौं २७ साउन । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १४औं स्थापना दिवश मनाएको छ । सो अवसरमा महासंघले आइतबार प्रभातफेरी आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपबाट शुरु गरेको प्रभातफेरी प्रदर्शनीमार्ग, पुतलीसडक हुादै कार्यक्रमस्थल प्रज्ञा भवन पुगेको थियो ।
 







त्यसपछि आयोजना गरिएको  कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सञ्चार क्षेत्रमा समावेशीका मुद्दालाई नीतिगत र संस्थागत रुपमा ब्यबस्था गरिने बताए । सरकारले सञ्चार क्षेत्रलाई समाबेशी बनाउने कार्यलाई महत्वकासाथ हेरेको पौडेलले बताए । मन्त्रि पौडेलले समावेशीका मुद्दामा सरकार कहिल्यै पछि नहट्ने स्पष्ट पारे । आईतबार नेपाल मन्त्री पौडेलले उच्चस्तरिय मिडिया आयोगले दिएको प्रतिवेदनलाई छिट्ट्टै सार्बजनिक गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । ‘प्रतिवेदन अ
ध्ययन गरी छिट्टै सार्बजनिक गर्नेछौं,’ पौडेलले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउालेले पत्रकार महासंघलाई समावेशी र ब्याबसायिक बनाउने प्रतिबद्धता ब्यक्त गरे । ‘नेपाल पत्रकार महासंघलाई समावेशी र ब्याबसायिक बनाउने विषयलाई हामीले गम्भिर रुपमा लिएका छौं,’ गाउलेले बताए । उनले उच्चस्तरिय मिडिया आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघले अग्रणी भुमीका निवार्ह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले नेपाल पत्रकार महासंघ समावेशी हुनुपर्ने बताए । ‘नेपाल पत्रकार महासंघ समावेशी हुनुपर्छ, समाबेशी नबनाईए आदिवासी जनजाति पत्रकारहरु चुप लागेर बस्ने छैनन्’, अध्यक्ष गुरुङले भने । उनले पत्रकार महासंघलाई समाबेशी बनाउने आन्दोलनमा लाग्न सम्पुर्ण आदिवासी जनजाती पत्रकारहरुलाई आग्रहपनि गरे ।


कार्यक्रममा उपस्थित आदिवासी जनजाति पत्रकारहरुले समावेशी सञ्चार नीतिको माग गर्दै उच्चस्तरय मिडिया आयोगले दिएको प्रतिवेदन यथाशिघ्र सार्बजनिक गरि कार्यान्वय गर्न माग गरेका थिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ र नेपाल प्रेस यूनियनका पदाधिकारीहरुले फोनिजको मागका सम्बन्धमा संस्थागत एैक्यबद्धता जनाए । उनीहरुले पत्रकार महासंघलाई समाबेशी बनाउने आन्दोलनमा साथ र सहयोग रहने बताए । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिका मुद्दालाई उठाउन जनजाति पत्रकारहरुको कलम निरन्तर चलिरहनुपर्ने बताए ।

यसैबिच  फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङ, राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष शान्ति जिरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार विजेतालाई पुरस्कार वितरण, सय अंङ्क पुगेका मातृभाषाका डेढ दर्जन छापा पत्रिकालाई सम्मान गर्नुका साथै राष्ट्रिय संचार माध्यममा आदिवासी जनजाति सम्पादक र फोनिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

No comments: