कर्ण शाक्य, नेपालका सफल व्यवसायीका रुपमा सुपरिचित नाम हो । ठमेलको काठमाडौं गेष्ट हाउससँगै शाक्यका झण्डै एकदर्जन होटल छन् । यसबाहेक उहाँ चर्चित सर्जक पनि हुनुहुन्छ । उहाँका सोच, खोज, म सक्छु, मोज जस्ता पुस्तक निकै चर्चित र लोकपृय भएका छन् । सन् १९७० मा होटल व्यवसाय थालेका शाक्यले छोटै समयमा आफूलाई सफल उद्यमी र लेखकका रुपमा उभ्याउन सक्नुभयो । उहाँको सफलताको कथा उहाँकै शब्दमा :
धेरैले सोध्छन् कसरी सफल बन्ने ? म भन्छु, सफलताका लागि कुनै सूत्र वा सिद्धान्त छैन । न त कुनै निश्चित बाटो नै । सफलताको मापन गर्नु उस्तै गाह्रो कुरा हो । व्यवसायी मात्र होइन चिन्तकका रुपमा पनि म आफ्नो औकातमा बाँच्न खोज्नु सफलताको पहिलो आधार हो । आफूभित्रको प्रतिभालाई चिनेर त्यसलाई प्रष्फुटन गर्ने उर्भरभूमी प्रदान गर्ने जो कोही सफल हुन्छ । मेरो कुरामा पनि त्यहि लागू हुन्छ ।
म सफल भएँ किनभने म मेरो औकातमा बाँच्नमा रमाएँ र गर्व गरें । मलाई मेरो घाँटीको आकारबारे ज्ञान छ । त्यसैले मैले त्यसै अनुसारको हाड मात्रै निल्ने प्रयास गर्छु । अर्थात म औकातमा बाँच्न चाहन्छु । मानिसहरु सपना देख्ने नाममा असम्भव सपना देख्छन्, जसले केही समय सफल भएको भ्रम उनीहरुलाई पैदा पनि होला, तर त्यो दीगो हुन सक्दैन । छिमेकी घोडा चढ्यो भनेर आफू धुरी चढ्नु जस्तै हो त्यो पनि ।
अर्कोकुरा, मेरो नजरमा सम्पत्ति भन्दा पनि व्यवसायको दीगोपना आफ्नो कमाइ हो । मेरो सम्पत्ति जति भएपनि मेरो व्यवसाय मेरा कति पुस्ताले निरन्तरता दिन सक्छन् त्यो नै मेरो सम्पत्ति हो । भारतमा हेर्नुहुन्छ भने टाटा, बिरला जस्ता व्यवसायिक घराना ४/५ पुस्तादेखि लगातार अघि बढि रहेका छन् । हो, सम्पत्ति त्यो हो ।
होटल व्यवासयको शुरुवात
मैले होटल व्यवसाय थाल्नुमा एउटा रोचक कथाजस्तो यथार्थ छ । असनमा मेरा बुबाको सुनचाँदी पसल थियो । परिवारका सबैजना त्यहीँ सुनचादी बेच्थे । मैले चाहिं वातावरण विषय पढें । परिवारका सदस्यले गरिरहेको कामभन्दा अलि फरक गर्ने सोचले मैले वन विभागमा जागिर पनि खाएँ । त्यस्तै ४/५ बर्षसम्म ।
त्यो बेलामा मैले नेपालका सबैजसो वन क्षेत्र चाहारें । डुल्दाडुल्दै वनजंगल, रुखबुटा र जंगली जनावरहरुसँग मेरो पिरती बसेछ । मैले रोल्पा, डोल्पा मुस्ताङ्ग जस्ता प्रकृतिका राजधानी पूरै घुमें ।
जागिरे जीवन त्यागेपछि म फेरि असन फर्किनुको विकल्प थिएन । तर म यस्तो फुक्का भैसकेको थिएँ कि सारा रनवन आफ्नो पारेर हिँडेको मान्छे असनका साँघुरो गल्ली, अनि निस्सासिंदो वातावरणमा व्यवसाय गर्न सक्ने अवस्था भएन । मैले दाजु र आमालाई यसबारे भनें । साँच्चै भन्दा मलाई सुन र पित्तल पनि छुट्याउन आउँदैन । मलाई पसलमा राख्ने हो भने कुनै ठगले सुन हो भनेर पित्तल पनि दिएर ठग्न सक्छ जस्तो लाग्यो । केही नगरि खान मन मानेन ।
त्यसपछि ठमेल तिर बरालिन थालें, जाहाँ हाम्रो घर थियो । तर त्योबेला ठमेल अत्यन्तै सुनसान थियो । अहिले किंवदन्ती जस्तो लाग्छ, ४५ बर्षअघि ५ बजेपछि ठमेलमा भूत आउँछ भन्ने गरिन्थ्यो । ठमेल त्यति सुनसान हुन्थ्यो ।
बुबाले किनेको राणाको घर वरपर मेरो हिप्पीहरुसँग संगत भयो । तिनीहरुसँग खुबै मस्ती गरियो । खानपिन, उठबस सँगै जस्तो हुन्थ्यो । एकदिन एकाएक मेरो दिमागमा ‘यि हिप्पीहरु बस्ने होटल खोल्न पाए’ भन्ने ‘आइडिया’ फुर्यो । मेरो मन वनजंगल वातावरण र पर्यटनले तानिसकेकाले पर्यटनको विकासमा पनि यसलाई जोड्न सकिने र पर्यटकलाई घुमाउन लैजान सकिने भन्ने लक्ष्य थियो ।
एकदिन दाइलाई पर्यटकका लागि होटल खोल्ने योजना सुनाएँ । बिस्तारै दाई र आमालाई ‘कन्भिन्स’ गराएँ र प्रस्ताव बुबासम्म लगियो । सबै कुरा सुनेपछि बुढाले नमान्ने कुरा थिएन । त्यसपछि १३ कोठाबाट ‘काठमाडांै गेष्ट हाउस’को शुरुवात भयो ।
सन १९७० मा १३ कोठाबाट शुरु गरेको मेरो होटल व्यवसाय आज देशका विभिन्न ठाउँमा ९÷१० वटा होटलका रुपमा विस्तार भएको छ । जसलाई ‘कर्ण गु्रप अफ होटल्स केजीएच’ भनिन्छ । मैले होटललाई पर्यटनसँग जोडें । मलाई पर्यटन र वन्यजन्तुबारे जानकारी थियो । त्यसलाई होटलसँगै अघि बढाएँ । जसले सफल हुन मद्दत गर्यो ।
‘सोच’ले ल्यायो लेखक बन्ने सोच
मैले पहिले पनि लेख र किताव लेखेको थिएँ । तर ति अंग्रेजी माध्यममा वनजंगल र वन्यजन्तुसंग सम्बन्धित हुन्थे । ‘सोच’ किताव मैले लेखक बन्ने सोचेर लेखेको थिइन । तर जब किताव बजारमा आयो, कल्पनै नगरेको संख्यामा बिक्यो । पाठकबाट एकदमै राम्रा र सकारात्मक प्रतिक्रिया पाएँ । यस्तोसम्म भयो कि अमेरिबाट आफ्नै गाउँमा केही गर्ने अठोट सहित म्याग्दी फर्किएका ‘धर्तीपुत्र’ महावीर पुनले एउटा अन्तर्वार्तामा सोच पुस्तकको प्रभावले गाउँ फर्किने सोच आएको भन्नुभयो । जुन मैले पाएको सबैभन्दा ठूलो पुरस्कार जस्तो लाग्यो । त्यसपछि यस्तै पुस्तक लेख्ने एकप्रकारको हुटहुटी जाग्यो । अनि जन्मिए ‘खोज’, ‘म सक्छु’ र ‘मोज’ । सबैको राम्रै प्रतिक्रिया पाएँ र पाइरहेको छु ।
म भगवान होइन
मेरा पुस्तकहरु पढेर विचार सुनेर मलाई धेरैले अति नैतिकवान, राष्ट्रवादी र महान हो कि भनेर बुझेको पाएँ । तर यथार्थमा त्यस्तो होइन । युवाकालमा हिप्पीहरुसँग हल्लिँदै गल्लीगल्ली हिँडियो । अहिलेपनि कुनै सुन्दरी युवती देख्दा मेरा नजर उतिर जान सक्छ । मैले पनि गल्ती गर्न सकँुला । किनकी म भगवान त होइन नि । तर के सत्य हो भने मैले कसैलाई रुवाएर एकपैसा पनि जोडेको छैन । कसैको अहित गरेर स्वार्थ पूरा गरेको छैन ।
चुनौति बिनाको जीवन बोझ
मलाई जिन्दगीमा टन्नै चुनौति हुनपर्छ जस्तो लाग्छ । चुनौतिबिनाको जीवन बोझ हो । फिका र निरस हो । चुनौति सामना गर्ने प्रकृयाले नै जीवनमा संघर्ष गर्ने उर्जा प्राप्त हुन्छ । एउटा चुनौति समाधान गर्यो फेरि अर्को चुनौति आउँछ । यो चलिरहन्छ ।
मैले के पाएँ भने धर्मग्रन्थ, दर्शनशास्त्र वा सिद्धान्तका कुनै पुस्तक र ठेलीबाट लिएका ज्ञान दीगो हुँदैन । तर आफूले भुक्तमान खेपेका अनुभव जीवनमा कहिल्यै भुलिँदैन, चाहेर पनि । मैले पनि जीवनबाट सिकेका यस्ता अनेकौं अनुभवका आधारमा व्यापार–व्यवसाय र जीवन चलाएँ । चलाइरहेको छु । ति मेरा पथ प्रदर्शक थिए र हुनेछन् ।
बिभिन्न क्याम्पस वा अन्यत्रका युवाहरुससँगको संगतबाट म के भन्छु भने मानिसले जीवनमा केही भूल पनि गर्नुपर्छ । किनभने भूलबाट मानिसले अथाह शिक्षा पाउँछ । जुन सधैं जीवनको ज्योति बनेर बस्छ । झलमल्ल ।
भूलले सिर्जना गर्ने समस्याबाट कसरी मुक्ति पाउने भन्नेबारे अनेकौं उपायको खोजी गरिन्छ । यसले सिर्जनात्मकताको विकास गराउँछ । मान्छे अलिअलि भोको र प्यासी पनि हुनुपर्छ । किनभने भोक र प्यास नभएसम्म खाना र पानीको खोजी कसले गरोस ?
र, जाँदाजाँदै
मैले ‘मोज’ पुस्तकमा लेखेको छु –
‘हिँड्दा थाकेर कहिले छाँयामा बसेका छौ ?
चिसो रातमा आगो तापेका छौ ?
उकालो लाग्दा झरनाको चिसो पानी अञ्जुलीमा थापेर पिएका छौ ?
पानी मिठो त्यतिबेला हुन्छ जब तिर्खा लाग्छ ।
खानाको स्वाद तब पाइन्छ, जव भोक लाग्छ ।
मोज भनेको पावर, पैसा र पदको भाङ धतुरो होइन
मोज शितलता हो, मोज न्यानोपन हो ।
तिर्खा हो, भोक हो, मेहनत हो ।
मोज प्रकृया होइन अनुभुति हो, मोज प्राप्ती हो.........’
रावणको दरबारमा बस्ने स्थान नदिएपछि हनुमानले शक्तिरुपी पुच्छरलाई तन्काएर आसन सिर्जना गरेको कथाले मलाई साह्रै आल्हादित तुल्याउँछ । बुद्धि र शक्ति भए सेवक पनि मालिक बन्न सक्छ । जसले परिस्थितीको परिचालन गर्न सक्छ उ नायक हो । जो परिस्थितिबाट परिचालित हुन्छ, उ नायक होइन ।
त्यसैले संकट परेका बेला आँखा चिम्लेर दिमाग खोल्छु र मनको कुरा सुन्छु र निर्णय गर्छु । ‘म क्लोज योर आइज, ओपन योर ब्रेन एन्ड फलो योर हर्ट’ मा विश्वास गर्छु । मेरो विचारमा सफलताको सर्वोत्तम सूत्र पनि शायद यही हो । तपाईं सधैं आपतमा आत्माको भर पर्नुस । किनभने आत्माले कहिल्यै ढाँट्दैन नि त !
प्रस्तुतिः लक्ष्मण कार्की/उज्यालो
धेरैले सोध्छन् कसरी सफल बन्ने ? म भन्छु, सफलताका लागि कुनै सूत्र वा सिद्धान्त छैन । न त कुनै निश्चित बाटो नै । सफलताको मापन गर्नु उस्तै गाह्रो कुरा हो । व्यवसायी मात्र होइन चिन्तकका रुपमा पनि म आफ्नो औकातमा बाँच्न खोज्नु सफलताको पहिलो आधार हो । आफूभित्रको प्रतिभालाई चिनेर त्यसलाई प्रष्फुटन गर्ने उर्भरभूमी प्रदान गर्ने जो कोही सफल हुन्छ । मेरो कुरामा पनि त्यहि लागू हुन्छ ।म सफल भएँ किनभने म मेरो औकातमा बाँच्नमा रमाएँ र गर्व गरें । मलाई मेरो घाँटीको आकारबारे ज्ञान छ । त्यसैले मैले त्यसै अनुसारको हाड मात्रै निल्ने प्रयास गर्छु । अर्थात म औकातमा बाँच्न चाहन्छु । मानिसहरु सपना देख्ने नाममा असम्भव सपना देख्छन्, जसले केही समय सफल भएको भ्रम उनीहरुलाई पैदा पनि होला, तर त्यो दीगो हुन सक्दैन । छिमेकी घोडा चढ्यो भनेर आफू धुरी चढ्नु जस्तै हो त्यो पनि ।
अर्कोकुरा, मेरो नजरमा सम्पत्ति भन्दा पनि व्यवसायको दीगोपना आफ्नो कमाइ हो । मेरो सम्पत्ति जति भएपनि मेरो व्यवसाय मेरा कति पुस्ताले निरन्तरता दिन सक्छन् त्यो नै मेरो सम्पत्ति हो । भारतमा हेर्नुहुन्छ भने टाटा, बिरला जस्ता व्यवसायिक घराना ४/५ पुस्तादेखि लगातार अघि बढि रहेका छन् । हो, सम्पत्ति त्यो हो ।
होटल व्यवासयको शुरुवात
मैले होटल व्यवसाय थाल्नुमा एउटा रोचक कथाजस्तो यथार्थ छ । असनमा मेरा बुबाको सुनचाँदी पसल थियो । परिवारका सबैजना त्यहीँ सुनचादी बेच्थे । मैले चाहिं वातावरण विषय पढें । परिवारका सदस्यले गरिरहेको कामभन्दा अलि फरक गर्ने सोचले मैले वन विभागमा जागिर पनि खाएँ । त्यस्तै ४/५ बर्षसम्म ।
त्यो बेलामा मैले नेपालका सबैजसो वन क्षेत्र चाहारें । डुल्दाडुल्दै वनजंगल, रुखबुटा र जंगली जनावरहरुसँग मेरो पिरती बसेछ । मैले रोल्पा, डोल्पा मुस्ताङ्ग जस्ता प्रकृतिका राजधानी पूरै घुमें ।
जागिरे जीवन त्यागेपछि म फेरि असन फर्किनुको विकल्प थिएन । तर म यस्तो फुक्का भैसकेको थिएँ कि सारा रनवन आफ्नो पारेर हिँडेको मान्छे असनका साँघुरो गल्ली, अनि निस्सासिंदो वातावरणमा व्यवसाय गर्न सक्ने अवस्था भएन । मैले दाजु र आमालाई यसबारे भनें । साँच्चै भन्दा मलाई सुन र पित्तल पनि छुट्याउन आउँदैन । मलाई पसलमा राख्ने हो भने कुनै ठगले सुन हो भनेर पित्तल पनि दिएर ठग्न सक्छ जस्तो लाग्यो । केही नगरि खान मन मानेन ।
त्यसपछि ठमेल तिर बरालिन थालें, जाहाँ हाम्रो घर थियो । तर त्योबेला ठमेल अत्यन्तै सुनसान थियो । अहिले किंवदन्ती जस्तो लाग्छ, ४५ बर्षअघि ५ बजेपछि ठमेलमा भूत आउँछ भन्ने गरिन्थ्यो । ठमेल त्यति सुनसान हुन्थ्यो ।
बुबाले किनेको राणाको घर वरपर मेरो हिप्पीहरुसँग संगत भयो । तिनीहरुसँग खुबै मस्ती गरियो । खानपिन, उठबस सँगै जस्तो हुन्थ्यो । एकदिन एकाएक मेरो दिमागमा ‘यि हिप्पीहरु बस्ने होटल खोल्न पाए’ भन्ने ‘आइडिया’ फुर्यो । मेरो मन वनजंगल वातावरण र पर्यटनले तानिसकेकाले पर्यटनको विकासमा पनि यसलाई जोड्न सकिने र पर्यटकलाई घुमाउन लैजान सकिने भन्ने लक्ष्य थियो ।
एकदिन दाइलाई पर्यटकका लागि होटल खोल्ने योजना सुनाएँ । बिस्तारै दाई र आमालाई ‘कन्भिन्स’ गराएँ र प्रस्ताव बुबासम्म लगियो । सबै कुरा सुनेपछि बुढाले नमान्ने कुरा थिएन । त्यसपछि १३ कोठाबाट ‘काठमाडांै गेष्ट हाउस’को शुरुवात भयो ।
सन १९७० मा १३ कोठाबाट शुरु गरेको मेरो होटल व्यवसाय आज देशका विभिन्न ठाउँमा ९÷१० वटा होटलका रुपमा विस्तार भएको छ । जसलाई ‘कर्ण गु्रप अफ होटल्स केजीएच’ भनिन्छ । मैले होटललाई पर्यटनसँग जोडें । मलाई पर्यटन र वन्यजन्तुबारे जानकारी थियो । त्यसलाई होटलसँगै अघि बढाएँ । जसले सफल हुन मद्दत गर्यो ।
‘सोच’ले ल्यायो लेखक बन्ने सोच
मैले पहिले पनि लेख र किताव लेखेको थिएँ । तर ति अंग्रेजी माध्यममा वनजंगल र वन्यजन्तुसंग सम्बन्धित हुन्थे । ‘सोच’ किताव मैले लेखक बन्ने सोचेर लेखेको थिइन । तर जब किताव बजारमा आयो, कल्पनै नगरेको संख्यामा बिक्यो । पाठकबाट एकदमै राम्रा र सकारात्मक प्रतिक्रिया पाएँ । यस्तोसम्म भयो कि अमेरिबाट आफ्नै गाउँमा केही गर्ने अठोट सहित म्याग्दी फर्किएका ‘धर्तीपुत्र’ महावीर पुनले एउटा अन्तर्वार्तामा सोच पुस्तकको प्रभावले गाउँ फर्किने सोच आएको भन्नुभयो । जुन मैले पाएको सबैभन्दा ठूलो पुरस्कार जस्तो लाग्यो । त्यसपछि यस्तै पुस्तक लेख्ने एकप्रकारको हुटहुटी जाग्यो । अनि जन्मिए ‘खोज’, ‘म सक्छु’ र ‘मोज’ । सबैको राम्रै प्रतिक्रिया पाएँ र पाइरहेको छु ।म भगवान होइन
मेरा पुस्तकहरु पढेर विचार सुनेर मलाई धेरैले अति नैतिकवान, राष्ट्रवादी र महान हो कि भनेर बुझेको पाएँ । तर यथार्थमा त्यस्तो होइन । युवाकालमा हिप्पीहरुसँग हल्लिँदै गल्लीगल्ली हिँडियो । अहिलेपनि कुनै सुन्दरी युवती देख्दा मेरा नजर उतिर जान सक्छ । मैले पनि गल्ती गर्न सकँुला । किनकी म भगवान त होइन नि । तर के सत्य हो भने मैले कसैलाई रुवाएर एकपैसा पनि जोडेको छैन । कसैको अहित गरेर स्वार्थ पूरा गरेको छैन ।
चुनौति बिनाको जीवन बोझ
मलाई जिन्दगीमा टन्नै चुनौति हुनपर्छ जस्तो लाग्छ । चुनौतिबिनाको जीवन बोझ हो । फिका र निरस हो । चुनौति सामना गर्ने प्रकृयाले नै जीवनमा संघर्ष गर्ने उर्जा प्राप्त हुन्छ । एउटा चुनौति समाधान गर्यो फेरि अर्को चुनौति आउँछ । यो चलिरहन्छ ।
मैले के पाएँ भने धर्मग्रन्थ, दर्शनशास्त्र वा सिद्धान्तका कुनै पुस्तक र ठेलीबाट लिएका ज्ञान दीगो हुँदैन । तर आफूले भुक्तमान खेपेका अनुभव जीवनमा कहिल्यै भुलिँदैन, चाहेर पनि । मैले पनि जीवनबाट सिकेका यस्ता अनेकौं अनुभवका आधारमा व्यापार–व्यवसाय र जीवन चलाएँ । चलाइरहेको छु । ति मेरा पथ प्रदर्शक थिए र हुनेछन् ।
बिभिन्न क्याम्पस वा अन्यत्रका युवाहरुससँगको संगतबाट म के भन्छु भने मानिसले जीवनमा केही भूल पनि गर्नुपर्छ । किनभने भूलबाट मानिसले अथाह शिक्षा पाउँछ । जुन सधैं जीवनको ज्योति बनेर बस्छ । झलमल्ल ।
भूलले सिर्जना गर्ने समस्याबाट कसरी मुक्ति पाउने भन्नेबारे अनेकौं उपायको खोजी गरिन्छ । यसले सिर्जनात्मकताको विकास गराउँछ । मान्छे अलिअलि भोको र प्यासी पनि हुनुपर्छ । किनभने भोक र प्यास नभएसम्म खाना र पानीको खोजी कसले गरोस ?
र, जाँदाजाँदै
मैले ‘मोज’ पुस्तकमा लेखेको छु –
‘हिँड्दा थाकेर कहिले छाँयामा बसेका छौ ?
चिसो रातमा आगो तापेका छौ ?
उकालो लाग्दा झरनाको चिसो पानी अञ्जुलीमा थापेर पिएका छौ ?
पानी मिठो त्यतिबेला हुन्छ जब तिर्खा लाग्छ ।
खानाको स्वाद तब पाइन्छ, जव भोक लाग्छ ।
मोज भनेको पावर, पैसा र पदको भाङ धतुरो होइन
मोज शितलता हो, मोज न्यानोपन हो ।
तिर्खा हो, भोक हो, मेहनत हो ।
मोज प्रकृया होइन अनुभुति हो, मोज प्राप्ती हो.........’
रावणको दरबारमा बस्ने स्थान नदिएपछि हनुमानले शक्तिरुपी पुच्छरलाई तन्काएर आसन सिर्जना गरेको कथाले मलाई साह्रै आल्हादित तुल्याउँछ । बुद्धि र शक्ति भए सेवक पनि मालिक बन्न सक्छ । जसले परिस्थितीको परिचालन गर्न सक्छ उ नायक हो । जो परिस्थितिबाट परिचालित हुन्छ, उ नायक होइन ।
त्यसैले संकट परेका बेला आँखा चिम्लेर दिमाग खोल्छु र मनको कुरा सुन्छु र निर्णय गर्छु । ‘म क्लोज योर आइज, ओपन योर ब्रेन एन्ड फलो योर हर्ट’ मा विश्वास गर्छु । मेरो विचारमा सफलताको सर्वोत्तम सूत्र पनि शायद यही हो । तपाईं सधैं आपतमा आत्माको भर पर्नुस । किनभने आत्माले कहिल्यै ढाँट्दैन नि त !
प्रस्तुतिः लक्ष्मण कार्की/उज्यालो
No comments:
Post a Comment