Sunday, August 4, 2013

नेपाल वायुसेवा निगमले सिचेकका लागि पठाएको बोइङ आउँदै

 खालिङ डेक्स
काठमाडौ, श्रावण २१ - नेपाल वायुसेवा निगमले सिचेकका लागि पठाएको बोइङ आएको छ । मर्मतका लागि सिंगापुर पठाइएको जहाज ५० दिनमा क्वालालाम्पुरबाट सोमबार राती  यात्रुहरु लिई काठमाडौंको लागि उडान गर्ने निगमले जनाएको छ । 

जहाज आइतबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । मर्मत कम्पनी एसटी एरोस्पेससँग २६ दिनमा मर्मत सक्ने सम्झौता भएको थियो । निगमले गत जेठ ३१ गते मर्मतका लागि सिंगापुर पठाएको थियो । तर समयमा पैसा नपाएको भन्दै मर्मत कम्पनीले बीचमै काम रोकेर निगमसँग अड्को थापेको थियो । यसले निगमको १७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको छ । 

सोमबारदेखि कटौती गरिएको उडान थप गरेर सेवा सञ्चालन गर्ने निगम्का प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान गर्ने दुई बोइङमध्ये एक सिचेकमा पठाएपछि निगमले मलेसिया र हङकङ उडान घटाएको थियो । निगमले चार गन्तव्यमा साताको १६ उडान गर्दै आएको छ ।

मर्मतको रकम पठाउन सुरुमा १७ करोड ८६ लाखको प्रतीतपत्र खुला गरे पनि बैंकिङ प्रक्रियाका कारण ढिलो भएको थियो । पैसा पठाउन ढिला भएपछि मर्मत कम्पनीले डेलिभरी गर्न मानेन । त्यति बेला परीक्षण उडान तालिकासमेत रद्द भएको थियो । यसले गर्दा सिंगापुर पुगेका जहाजका क्रु, इन्जिनियरसहित १३ कर्मचारी त्यसै फरकनुपरेको थियो । निगमले यसपालि एरोस्पेसलाई दुई वर्षका लागि जहाज मर्मतका लागि छनोट गरेको हो । यसअघि इजरायलको एलाल कम्पनीसँग निगमले जहाज मर्मत गराउँदै आएको थियो ।

No comments: