खालिङ डेक्सकाठमाडौं, भदौ ६ । पर्वतारोही, हिमाल आरोहणमा सघाउने कामदार, गाइड, सरदार र सम्पर्क अधिकृतको विमा रकम उच्च दरले बृद्धि गरिएको छ । नेपाल सरकारले नियमावली संसोधन गर्दै सन् २०१४ जनवरीदेखि लागु हुने गरी विमा शुल्कमा दोब्बर बृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारले हिमाल आरोहणमा संलग्न सरदार र पर्वतीय पथप्रदर्शकको विमा पाँच लाखबाट बढाएर १० लाख रुपैयाँ बनाएको छ भने उचाईमा जाने कामदारको विमान चार लाखबाट बढाएर १० लाख पु¥याएको छ । त्यस्तै सम्पर्क अधिकृतको ६ लाखबाट बढाएर आठ लाख तथा आधार शिविरका कामदारको साढे तीन लाखबाट बढाएर आठ लाख तथा स्थानीय कामदारको साढे दुईलाखबाट पाँच लाख पु¥याइएको छ । यसअघि ५० हजार रहेको औषधि उपचार विमा बढाएर तीन लाख पु¥याइएको छ ।
No comments:
Post a Comment