Wednesday, August 21, 2013

सगरमाथामा अवैध गतिविधि गर्नेहरु सरकारको निगरानीमा

खालिङ डेक्स
काठमाडौं, ६ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा विनास्वीकृति विभिन्न गतिविधि गर्नेहरुको संख्या बढ्दै गएपछि सरकारले त्यसप्रति चासो देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले आरोहणसम्बन्धी गतिविधिको स्थलगत अनुगमन गर्न विषय विशेषज्ञसहितको टोली आधाशिविरमा खटाउने तयारी गरेको छ ।













सगरमाथा क्षेत्रमा हुने गरेका अवैध गतिविधि रोक्न टोली खटाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार चिकित्सक, सफल आरोही, मौसमविद् तथा सरकारी अधिकारीलगायत सहभागि टोली आरोहण अवधिभर आधार शिविरमा बस्नेछ । आउदो वर्षदेखि आरोहीले आफुले चुचुरोमा गर्ने सबै गतिविधि आधार शिविरमै जानकारी गराउनुपर्छ । सगरमाथा क्षेत्रमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा विभिन्न समस्या उत्पन्न भइरहेको छ 

यसअघि अवैध तरिकाबाट सगरमाथाको ढुंगा ल्याएर कोबोल्ट घडि उत्पादन गर्ने, सगरमाथालाई निगरानी गर्ने उद्देश्यले विदेशीहरुले अवैध क्यामेरा जडान गर्नेलगायतका घटना सार्वजनिक भएको थियो । सरकारले विभिन्न नीतिनियम बनाएपनि त्यसलाई कार्यन्वयन पक्षमा ध्यान दिएको छैन । त्यसोत सगरमाथाको महत्वलाई कायम राखिराख्न र यसको उचित प्रवद्र्धन गर्नका लागि सरकारले उल्लेख्य काम गर्न सकेको छैन ।

No comments: