Saturday, August 3, 2013

संघीय समाजबादी पार्टी सोलुखुम्बु–काठमाडौ सम्पर्क समिति गठन


शिखर पोष्ट 
संघीय समाजबादी पार्टी नेपालले ओङ्छु शेर्पाको अध्यक्षतामा सोलुखुम्बु– काठमाडौ सम्पर्क समिति गठन गरेको छ ।  नवनिर्वाचित समितिमा जम्मा २० सदस्यहरु रहेका छन् भने सल्लाहकारमा जम्मा ६ जना रहेको जनाइएको छ ।

नवनिर्वाचित कार्यसमिति उपाध्यक्षमा धन कुमार राई, महासचिबमा लयन्द्र कुमार राई, सचिबमा गोपाल भुजेल, कोसाध्यक्षमा दर्पन राई र सहकोसध्यक्ष- ङवाङ लाक्पा शेर्पा निर्बाचित हुनुभएको छ ।


त्यस्तै सदस्यहरुमा मुगा थुलुङ, फुनुरु शेर्पा, ङिमा शेर्पा,दिलिप सिंह कुलुङ, दावा ग्याल्जेन शेर्पा,सोनाम शेर्पा, महेश राणा मगर,दावा दोर्जे शेर्पा, रासवीर खालिङ, जिमी साङ्गे शेर्पा, मिसन कार्की, गोम्बु शेर्पा, दुक कुमार कार्की, आङ काजी शेर्पा र जाङ्बु शेर्पा रहनुभएको छ ।

पूर्व निर्वाचित सम्पूर्ण सदस्यहरु पनि हालको समितीको सदस्य रहनेछन । यसैबिच सोलुखुम्बु– काठमाडौ सम्पर्क समितिको सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाकार समितिमा आङकाजी शेर्पा,गङ्गा बहादुर थापामगर, अर्जुन खालिङ राई, तेन्जिङ टासी शेर्पा, अर्जुन कुलुङ र आशा राई रहनुभएको छ ।




No comments: