सरकारले पर्यटक बढुन भन्ने मनासाय राखेपनि
पर्यटक आगमन बढाउन कुनै प्रभावकारी काम गर्न नसकेको व्यवसायीहरुको आरोप छ ।
पर्यटन क्षेत्रको विकास गर्न सबैभन्दा पहिला पूर्वाधारको विकास गर्नु
आवश्यकहुन्छ । त्यसलाई पनि सरकारले खासै ध्यान दिएको पैदाइन । खालिङ डेक्स
काठमाडौं । सन् ३०१३ को जुलाई महिनासम्म नेपाल भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव १ प्रतिशतले घटेको छ । जुलाई महिनामा पर्यटक आगमन शुन्य दशमलव २८ प्रतिशतको सामान्य वृद्धि देखिए पनि अन्य महिनामा आगमन निराशाजनक रहन पुग्यो ।
जुलाई महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २ लाख ४२ हजार ४ सय २९ पर्यटक नेपाल भित्रिएका छन् । जबकी अघिल्लो वर्षको जुलाई महिनासम्म ३ लाख ३२ हजार ४ सय ७२ पर्यटक नेपाल भित्रिएका थिए । सरकारले ठूलो संख्यामा पर्यटक भित्राएर आर्थिक विकास तथा रोजगारि सिर्जना गर्ने लक्ष्य राखेपनि लक्ष्य अनुरुपको काम गर्न नसक्दा पर्यटक आगम खस्किएको हो ।
समिक्षा अवधिमा भारत र पाकिस्ताबाट आउने पर्यटकको संख्या अत्यधिक मात्रामा घट्न पुगेको छ । जुन कारण सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी १८ दशमलव ६ प्रतिशतले घट्न पुग्यो । गत वर्षको जुलाई महिनासम्म सार्क राष्ट्रबाट १ लाख २५ हजार ७ सय पर्यटक भित्रिएकोमा समिक्षा अवधिमा जम्मा १ लाख २ हजार ३ सय १८ पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा अन्य एशियन राष्ट्रबाट नेपाल आउने पर्यटकको स युरोपबाट आउने पर्यटकको संख्या ३ दशमलव ४ प्रतिशतले बढेको छ । नेपालमा दक्षिण कोरियाबाट आउने पर्यटकको संख्या १९ दशमलव १९ प्रतिशतले घटेको छ भने मलेसियाबाट आउने पर्यटकको संख्या ११७ दशमलव ९ प्रतिशतले बढेको छ ।
युरोपियन राष्ट्रहरुबाट आउने पर्यटकको संख्या पनि समिक्षा अवधिमा १५ दशमलव ६ प्रतिशतले घटेको छ । समिक्षा अवधिसम्म युरोपबाट ६६ हजार ५ सय ३५ जना पर्यटक नेपाल भित्रिएका छन । जबकी अघिल्लो वर्षको सोही अवधिमा ७८ हजार ८ सय २८ जना पर्यटक युरोपबाट भित्रिएका थिए । युरोपका अधिकांश राष्ट्रबाट आउने पर्यटककको संख्या घटेको देखिन्छ । जुलाई महिनामा मात्र युरोपबाट नेपाल आउने पर्यटकको संख्या भने ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।
ओशियानाबाट नेपाल आउने पर्यटक समिक्षा अवधिमा १३ दशमलव ८ प्रतिशतले बढेको छ भने अमेरिकाबाट आउनेको संख्या ३ दशमलव ७ र अन्य राष्ट्रबाट आउने पर्यटकको संख्या १५ दशमलव १ प्रतिशतले घटेको छ ।
जुलाई महिनाको मात्र पर्यटक आगमन तथ्याङक हेर्ने हो भने गत वर्षको सोही महिनाको भन्दा सामन्य वृद्धि भएको छ । जुलाई महिनामा विभिन्न देशबाट ३८ हजार ५ सय ६० पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही महिनामा ३८ हजार ४ सय ५३ पर्यटक नेपाल भित्रिएका थिए ।
No comments:
Post a Comment