Friday, August 2, 2013

लाङटाङ क्षेत्रमा हराएकी अमेरिकन नागरिक ओब्रीको हत्या भएको रहस्य सार्वजनिक

रसुवा, १८ श्रावण । सन् २०१० देखी लाङटाङ क्षेत्रमा हराइरहेकी अमेरिकन नागरिक मारिएको खुलासा भएको छ । पदयात्रा गर्न नेपाल आएकी २३ वर्षिया ओब्री कोरोलाईन साकोको हत्या गरी लाङटाङ जाने पदयात्रामार्गको रिभरसाइड क्षेत्रमा हत्या गरिएको स्रोतले बताएको छ । 

हत्यापछि उनको शवलाई लाङटाङ खोलामा फालिएको हत्यामा संलग्न रहेका व्यक्तिले केन्द्रीय प्रहरी अनुसन्धान व्यरोबाट खटिएका प्रहरीलाई बताएको स्रोतको दावी छ । उनको हत्या रिभर साइडरहेको ठाउँभन्दा केहीमाथि भएको हत्यामा संलग्नले बयान दिएको स्रोतले बताएको छ । हत्यामा संलग्न लाङटाङका पेम्वा लामा र जगत तामाङलाई पक्राउ गरेको छ । पेम्बालाई व्युरोले बुधबार लाङटाङ लगेर हत्या भएको स्थान र संलग्न अरु व्यक्ति देखाउन लगाएको थियो । रिभर साइडभन्दा केहीमाथि ठूलो ढुंगानजिक लगेर हत्या गरी खोलामा फालेको बयान प्रहरीलाई दिएको स्रोतको भनाइ छ । 

उनीसंग रहेको पासपोर्ट र अन्य कागजपत्र पनि खोलामै फालिएको थियो । उनको साथमा रहेको क्यामेरा भने जगत तामाङले लगेका थिए । पेम्वा लामाको बयानको आधारमा लाङटाङकै ल्हाक्पा लोप्चनलाई पक्राउ गरिएको छ । साकोलाई मार्ने योजनाकार लोप्चनले गरेको स्रोतको दावी छ । हत्याको योजना बनाएको लोप्चनले स्वीकारेका छन् । विदेशी पर्यटक हत्या र स्थानीय पक्राउ परेपछि लाङटाङमा रुवावासी चलेको छ । पर्यटक हत्याले स्थानीयमा लाङटाङमा पर्यटक नआउने हो कि भन्ने चिन्ताले गाउँ नै स्तव्ध भएको छ । शुक्रबार विहान साढे ५ बजे हत्यामा संलग्न देखिएका व्यक्ति घर घेर्न स्थानीय जम्मा भएका थिए ।

 हत्या गरिएकी साकोको लुगा लोप्चनको घरमा रहेको स्रोतको दावी छ । स्थानीयवासी पर्यटक हत्याको बारेमा कोही पनि बोल्न चाहेका छैनन् । हत्यामा संलग्न र प्रमाणहरु लिएर व्युरोका प्रहरी शुक्रबार धुन्चे आउँने भएका छन् । उनी २०१० को २१ अपि्रलमा स्याफ्रु लामा होटल घोडातबेला गएको स्थानीयले बताएका थिए । उनी गत २९ अपि्रलमा काठमाडौंबाट अमेरिका फकर्नु पथ्र्यो । उनी नफर्केपछि बाबु पावलले खोजी गर्न थालेका थिए । अबुरीले २० अपि्रलमा सदरमुकाम धुन्चेबाट अनलाईनमार्फत् बुवा पावललाई अन्तिम सम्पर्क गरेको परिवारले जनाएको थियो । ekantipur.com

No comments: