Friday, August 23, 2013

टुरिष्ट भिसामा नेपाल आएका विदेशी नागरिकलाई धमाधम कारबाही

खालिङ डेक्स
काठमाडौं, ८ भदौ । टुरिष्ट भिसामा नेपाल प्रवेश गरेर गैरकानुनी रुपमा बिभिन्न गतिबिधी सन्चालन गर्ने बिदेशी नागरिकलाई अध्यागमन विभागले कारबाही गर्न थालेको छ । गैह कानुनी रुपमा नेपालमा बस्दै आएका बिदेशीहरुलाई कारबाही गर्ने क्रममा २०१३ मा ६८ जनालाई कारबाही गरेर उनीहरुकै देशमा फिर्ता पठाइएको बिभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पटक अमेरिका, बेलायत, चीनका नागरिकलाई नियन्त्रणमा लिएर उनीहरुको मुलुक फिर्ता पठाइएको छ ।


प्राप्त जानकारीअनुसार बनेपास्थित सिरमेमारियल अस्पतालमा कार्यरत अमेरिकन नागरिक चाल्स भिसेन्ट जोन्सन, सांग्रिला क्यासिनोका म्यानेजर बेलायती नागरिक इयान बेल्जियन र ठमेलको ज्याठामा चाइना सेन लिन नामक अस्पताल सञ्चालन गरिरहेको चिनिया नागरिक चाङकाई युनलाई विभागको टोलीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । गैह्रकानुनी काम गरेको भन्दै विभागले जरिवाना लिएर उनीहरुकै देश फिर्ता पठाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सन २००७ मा पर्यटक भिसामा आएका युनले ज्याठामा पाँच बर्षका लागि घर भाडामा लिएर अस्पताल सञ्चालन गरेको पाइएको थियो । माथिल्लो तलामा अस्पताल र भुइतलामा औषधि पसल सञ्चालन गरेका थिए । विभागले उनलाई मंगलबार तातोपानी नाका हुदै उनको मुलुक फिर्ता पठाएको हो । विभागको साउन ३१ को बैठकले नेपालबाट फिर्ता पठाउने निर्णय गरेको थियो ।

अध्यागमन ऐन अनुसार पर्यटक भिसामा आएका विदेसीले अन्य काम गर्न प्रतिबन्ध लगाएको छ । तर, नेपालमा खुलेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थामा पर्यटक भिसामा आएका विदेसी नागरिकले काम गरिरहेका छन् । कतिपयले व्यवसाय सञ्चालन गरी बसेका छन् । विगतमा यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिने गरेको थियो । पछिल्लो पटक यस्ता व्यक्तिलाई विभागले निगरानी थालेको हो । 

गृह मन्त्रालयका अनुसार गैह्रकानुनी रुपमा पर्यटक भएर छिर्ने अनि नेपालमा व्यापार, जागिर गरेर बस्नेमा करिब १२ हजार विदेश् छन् । पछिल्लो पटक विभागले गरेको अनुसन्धानले पर्यटक भिसामा आउने विदेशीहरु ग्रामिण क्षेत्रमा स्वंसेवक, केही धर्मको प्रचार प्रसारमा, व्यापार र नेपाली युवतीसंग विवाह गरेर बस्ने पनि छन् । कतिपयले अस्पताल सञ्चालन गरेर बसेका छन् ।

No comments: