खालिङ डेक्सकाठमाडौं, ३ भदौ । पर्वतिय प्रशिक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका महिलाहरुलाई ट्रेकिङ्ग गाइड तालिम प्रदान गरेको छ । प्रतिष्ठानले पहिलो पटक सन्चालन गरेको उक्त तालिममा २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । गत असार ९ गते शुरु भएको तालिम साउन २४ गते सम्पन्न भएको थियो । सोलुखुम्बु, रसुवा, पाल्पा, तनहु, काभ्रे लगायतका जिल्लाबाट आएका युवतीहरुको तालिममा सहभागिता रहेको थियो ।
पहिलो पटकको तालिम निकै नै प्रभावकारी एवं सफल भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । ३६ दिने सैदान्तिक कक्षा र १० दिने प्रयोगात्मक तालिम रहेको थियो । पद यात्रा, नेपाली संस्कृति, धर्म र भौगोलिक विविधताका बारेमा पर्यटन मन्त्रालयका सचिव, विमा संस्थानका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले तालिम दिएका थिए ।
प्रतिष्ठानकी अध्यक्ष लाक्पाफुटी शेर्पाले तालिमले सहभागि महिलाहरु योग्य पद प्रदर्शक हुने दाबी गर्नुभयो । पदपदर्शकहरु राष्ट्रको राजदुत सरह भएकोले आफ्नो राष्ट्र कसरी चिनाउने भन्ने कुरालाई ठुलो टेवा मिल्ने उहाको भनाइ थियो । प्रतिस्ठानले आईतवार राजधानीमा एक समारोहबिच उक्त तालिमको औपचारिक समापन गरेको छ ।

No comments:
Post a Comment