खालिङ डेक्स
काठमाडौं, २ भदौ । विश्वकै सबैभन्दा लामो पद मार्ग मानिएको ग्रेट हिमालय ट्रेलभित्र १० वटा क्लष्टर (भाग) बनाएर पर्यटन अभिवृद्धिका क्रियाकलाप सञ्चालन गरिने भएको छ । पर्यटन प्रवर्धनका लागि देशका विभिन्न पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले आफ्नो पहिलो चरणको कार्यक्रम समाप्तिसँगै घोषित क्लष्टर बारे जानकारी गराएको हो । क्रमश:.......
काठमाडौं, २ भदौ । विश्वकै सबैभन्दा लामो पद मार्ग मानिएको ग्रेट हिमालय ट्रेलभित्र १० वटा क्लष्टर (भाग) बनाएर पर्यटन अभिवृद्धिका क्रियाकलाप सञ्चालन गरिने भएको छ । पर्यटन प्रवर्धनका लागि देशका विभिन्न पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले आफ्नो पहिलो चरणको कार्यक्रम समाप्तिसँगै घोषित क्लष्टर बारे जानकारी गराएको हो । क्रमश:.......
उक्त क्लस्टरभित्र नेपालका सबै सम्भावित र सूचीकृत पर्यटन केन्द्र समेटिएका छन् । उक्त १० वटा क्लष्टर अन्तर्गत कञ्चनजङ्घा क्षेत्र, मकालु–बरुण, एभरेष्ट–रोलवालिङ, हेलम्बु–लाम्टाङ, गणेश हिमाल–मनास्लु, अन्नपुर्ण, मनाङ–मुस्ताङ, डोल्पा, हुम्ला र फारवेष्ट दार्चुला रहेका छन् । बरिश्ठ पर्यटन ब्यबसायी बच्चुनारायण श्रेष्ठका अनुसार पर्यटन विकासका लागि पूर्वी नेपालको कञ्चनजङ्घादेखि पश्चिमको फारवेष्ट दार्चुला सम्मका यी सम्भावित पर्यटकीय स्थललाई समेटिएको हो । यसअघि पाइलट प्रोजेक्टका रुपमा पश्चिम नेपालका हिमाली जिल्ला हुम्ला र डोल्पामा शुरु भएको ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम सन् २०११ पछि गोरखा सहित पूर्वी नेपालको ताप्लेजुङ र सोलुखुम्बु जिल्लामा समेत विस्तार भएको छ । यता यो कार्यक्रम आउँदो डिसेम्बर देखि समाप्त हुँदैछ ।
श्रेष्ठले सन् २०११ देखि २०१३ सम्मका लागि सञ्चालन भएको द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम सकिएपनि दिगो पर्यटनका लागि ग्रेट हिमालय ट्रेलभित्र पर्यटन अभिवृद्धिका लागि कार्यक्रम भने सञ्चालन भई रहने बताउनुभयो । उहाका अनुसार यो ट्रेलको विकासका लागि १० वटै पर्यटकीय क्षेत्रका विशेषता समेतलाई आधार बनाएर प्रतीक चिन्ह (लोगो) तयार गरिएको छ । सबै क्षेत्रका स्थानीय सरोकारवालाले दिएको सुझावका आधारमा प्रतीक चिन्हलाई अन्तिम रुप दिने र यसका आधारमा पर्यटन अभिवृद्धिका क्रियाकलाप सञ्चालन गरिने योजना रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
एसएनभीका सल्लाहकारसमेत रहनुभएका श्रेष्ठले हाल परियोजना सञ्चालन भएका पाँच वटै जिल्लाका साझेदार संस्था तथा पर्यटन विज्ञहरुले एसएनभी नेपाल तथा अन्तराष्ट्रिय निकाय डिएफआइडीसँग मिलेर पर्यटन अभिवृद्धि साझेदार इकाई गठन गरी स्थानीय क्षेत्रलाई सहयोग पुरयाउने जानकारी दिनुभयो । यसका लागि छलफल भई रहेको साथै पूर्वी पहाडका तीन जिल्लाहरु ताप्लेजुङ, पाँचथर र सङ्खुवासभालाई पर्यटन क्षेत्रको एउटा क्लष्टर बनाएर कञ्चनजङ्घा नामाकरण गरिएको छ । यी तीन जिल्लाका बेग्लै पर्यटकीय विशेषताको आधारमा प्रतिक चिन्ह तयार गरिएको बताइएको छ । कञ्चनजङ्घा क्षेत्रको पर्यटकिय क्लष्टरको लोगो भित्र कञ्चनजङ्घा, प्राकृतिक तथा जैविक सम्पदा गुराँस, रेडपाण्डा र कञ्चनजङ्घा हिमालमा रहेका पाँच वटा हिमचुली आकारका हिमकोषलाई समावेश गराइएको छ । लोगोमा समेटिएका पर्यटकीय क्षेत्रको आ–आफ्नै विशेषता र महत्व बोकेका छन् ।
यता यस पदमार्गको दुरी एक हजार ७०० किलोमिटर लामो रहेको र पदमार्ग पूरै पार गर्नलाई १२० दिन लाग्ने बताइएको छ । यसअघि यो पदमार्गको प्रसिद्ध पर्वतारोही आप्पा शेर्पा सहितको चार सदस्यीय टोलीले यात्रा पूरा गरी पदमार्गको वास्वतिक अवस्थाका बारेमा जानकारी बाहिर ल्याएको थियो ।

No comments:
Post a Comment