खालिङ डेक्स
साउन, ३१ । सोलुखुम्बुका विभिन्न पाँचवटा पर्यटकीय पदमार्ग गुगल अर्थमा राखिने भएको छ । योङ स्टार क्लब र द ग्रेट हिमालय ट्रेल कार्यक्रमले सोलुखुम्बुका विभिन्न पाँचवटा पदमार्ग गुगल अर्थमा राख्ने भएको हो । सल्लेरी–काकु–बासा–खरिखोला खालिङ सांस्कृतिक पदमार्ग, जिल्लाको सल्लेरी–पिके–जुनबेसी पदमार्ग, फाप्लु–मेरापिक–सोताङ–बुढीडाँडा हुँदै सल्लेरी पदमार्ग र जिरी–लुक्ला पदमार्गलाई गुगल अर्थमा राख्नका लागि जिपिएस सर्भेको काम भइरहेको द ग्रेट हिमालय ट्रेलले जनएको छ । क्रमश:.......

हालसम्म तीनवटा पदमार्गको सर्भे सकिएको छ भने जिरी–लुक्ला पदमार्गको सर्भेको काम सुरु भएको छ । यी मार्गहरु जिल्ला विकास समिति मातहतमा रहेको पर्यटन विकास समितिको सिफारिसमा छनौट भएका हुन् । ती पाँचवटा पदमार्गमा रहेका होटल, चिया पसल, विद्यालय, स्वास्थ्य संस्था, पुलपुलेसा, प्रहरी चौकी, मठमन्दिर, देवालयहरुको सम्पूर्ण विवरण सङ्कलन गरी गुगलअर्थमा राखिनेछ । ती पदमार्गको पर्यटकीय रुट, वे–प्वाइन्ट, ट्रयाक लगिङ लगायतका सम्पूर्ण विवरण सङ्कलन गरेर गुगल अर्थमा राख्न लागिएको नेपालमा नै यो पहिलो भएको पनि संयोजक पोख्रेलले जानकारी दिनुभयो ।
गुगल अर्थमा राखिएपछि सो विवरण सबैले निःशुल्क डाउनलोड गरी हेर्न पाउनेछन् । यस कामबाट ती पदमार्गहरुमा पर्यटक बढ्न सक्ने अपेक्षा गरिएको छ । द ग्रेट हिमालय ट्रेलले सोलुखुम्बु सहित हुम्ला, जुम्ला, गोर्खा र ताप्लेजुङका विभिन्न १९ वटा पर्यटकीय रुटको पनि विवरणहरु गुगल अर्थमा राख्ने जनाएको छ ।

No comments:
Post a Comment