खालिङ डेक्स
काठमाडौ, साउन ३१ । वैदेशिक रोजगारीमा जाने कामदारको दोहोरो करारपत्र हटाउन सरकारले राहदानीमै पारिश्रमिक राख्न थालेको छ। वैदेशिक रोजगार व्यवसायीले दुई थरी(सरकारलाई देखाउने र वास्तविक) करारपत्र बनाउँदै कामदारलाई न्यून पारिश्रमिकमा पठाएको भेटाएपछि वैदेशिक रोजगार विभागले पासपोर्टमै पारिश्रमिक टास्न थालेको आजको आजको कारोबारमा खबर छ। क्रमश:.......श्रम तथा रोजगार मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कममा मागपत्र ल्याउने र विभागमा नक्कली कागजात पेस गर्ने म्यानपावर एजेन्सी यो व्यवस्थाबाट निरुत्साहित हुने विश्वास विभागको छ । सरकारले मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा १ हजार रियाल ९२५ हजार रुपैयाँ०, कतार १२ सय रियाल ९३० हजार रुपैयाँ० र संयुक्त अरब इमिरेट्स युएईमा ११ सय रियाल ९२७ हजार ५ सय० पारिश्रमिक तोकेको छ । विभागले यीभन्दा कम पारिश्रमिकमा श्रम स्वीकृति दिँदैन । तर एजेन्सीहरुले नक्कली करारपत्र बनाई धमाधम कामदार पठाइरहेका छन् । ‘यस्तो खुला ठगी नियन्त्रण गर्न राहदानीमै श्रम स्वीकृतिको स्टिकर राख्न थालेका हौँ , विभागका महानिर्देशक विनोद केसीले भने,’अब त्यास्ता ठग म्यानपावर ठाउँमा आउँछन् । ‘
उनका अनुसार कामदारले पनि सम्बन्धित मुलुक नपुगेसम्म आफूले पाउने पारिश्रमिक बढी र लागत खर्च कम देखाउने गरेका छन् ।
No comments:
Post a Comment