Saturday, July 13, 2013

सतह मार्गमा भिजिट नेपालको आगमन


खालिङ डेक्स
काठमाडौं । भिजिट नेपाल भेईकल सर्भिस प्रालिले पर्यटकहरुलाई गाडीहरुको सेवा सुभारम्भ गरेको छ । कम्पनीले १३ वटा सुविधा सम्पन्न गाडीबाट पर्यटकहरुको सेवा गर्ने प्रबन्ध निर्देशक शिव अधिकारीले बताउनुभयो । पर्यटन व्यवसाय प्रर्बधनमा यो सेवाले टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कम्पनीले देशैभरी आफ्नो सेवा उपलब्ध गराउने छ ।

कम्पनी म्यानेजर प्रकाश खालिङका अनुसार कम्पनीले विभिन्न मोडेलका १ सय ४९ वटा गाडीहरु सम्पर्कमा राखेको छ । कम्पनीले आम्दानीको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्नेछ । उक्त रकम हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि गरिव, असहाय, अशक्त र दैवि प्रकोप पीडितलाई प्रदान गर्ने पनि उहाले बताउनुभयो ।

No comments: