Monday, July 15, 2013

हिमालको मुल्य घटाएर पर्यटनको प्रवर्द्धन हुँदैन

publised- www.onlinekhabar.com

http://www.onlinekhabar.com/2013/05/75269/ 
http://www.sagarmathaonline.com/index.php?action=news&id=1742

प्रकाश खालिङ
नेपाललाई प्रकृतिले दिएको सबैभन्दा ठूलो र महत्वपूर्ण उपहार पनि पर्वतीय (हिमालय) क्षेत्र नै हो । तथापी, नेपाल पर्वतीय पर्यटनको हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित भइरहेको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल नेपालमै हुनुले यहाँको पर्वतीय पर्यटनमा विशेष महत्व बढेको छ । खासगरि पर्वतीय पर्यटनको माध्यमबाट देशले ठूलो मात्रामा राजश्व प्राप्त गरिरहेको छ भने धेरैले रोजगारी पाएका छन् । हाल विकसित मुलुकहरु जसले चौतर्फी सम्बृद्धि हासिल गरेका छन्, तिनीहरुले पनि पर्यटनलाई नै माध्यम बनाएको दृष्टान्त हामीसँग छन् । तसर्थ वर्तमान अवस्थामा नेपालको पर्वतीय क्षेत्र र यससँग सम्बन्धित व्यवसायले विश्व सामु मुलुकलाई चिनाउनुका साथै यो क्षेत्र आर्थिक मेरुदन्डको रुपमा स्थापित गराउनसमेत महत्वपूर्ण टेवा मिलेको छ । पृथ्वीको सम्पूर्ण भू-भागमध्ये करिब एक चौथाई पर्वतीय भू-भागले ओगटेको छ । विश्वको झण्डै १२ प्रतिशत जनसंख्याको बसोबास सोही भू-भागमा पर्दछ ।
विज्ञहरुका अनुसार हालसम्म करिब ४ खर्ब भन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्वतीय पर्यटनको नाममा खर्च भइसकेको छ । पर्वतीय पर्यटनको रोयल्टीवापत वाषिर्क ४० करोड रुपैयाँ भन्दा बढी संकलन भइरहेको छ । पर्वतारोहीहरुको संख्यात्मक बृद्धिसँगै राष्ट्रलाई हुने आम्दानीमा बृद्धि भइरहेको छ । अहिले पर्वतीय क्षेत्रमा मात्र वाषिर्क साढे २ अर्बको कारोबार भइरहेको छ । तथापि, पछिल्लो सयममा यस क्षेत्रमा होमिनेहरुको संख्या पनि दिनप्रतिदिन बढिनै रहेको छ । पर्याप्त पर्यटकीय पूर्वाधार तथा समय सापेक्षित नीति नियमको अभावले गर्दा पर्यटकीय गुणस्तरीयता अभिबृद्ध हुन भने सकेको छैन ।
पर्यटन व्यवसायी अस्वस्थ प्रतिस्पर्धामा
पछिल्लो सयममा स्वयं पर्यटन व्यवसायीहरु पनि आफ्नो सेवाको गुणस्तरियतामा नभई मुल्यमा बार्गेनिङ गरिरहेका छन् । पर्यटन प्रर्वद्धनको नाममा अरुको भन्दा कम मुल्यमा सेवा बेच्ने होडबाजी नै चलेको छ । विश्वविख्यात आरोही तेन्जीङग नोर्गे शेर्पा देखि विश्व रेकर्ड कायम गरेका आप्पा शेर्पाहरु गुजाराकै लागि विदेश पलायन हुनुपरेको छ । यसले पनि हाम्रो देशको पर्वतीय पर्यटन नीति तथा कार्यक्रम कतिको पर्यटनमैत्री छ भन्ने कुरा स्पष्ट हुन्छ । अहिलेसम्म जे जति भएका छन् अधिकांश निजी क्षेत्रबाट भएका हुन् र राज्यले त्यसैमा गौरव गर्दै आइरहेको छ । यो समग्र मुलुकका लागि दुर्भाग्य हो ।
नेपालमा अनेक खालका हिमश्रंखलाहरु छन् । तर त्यसको लेखाजोखा र त्यसको तथ्यतथ्याङ्क न सरकारसँग छ न त कुनै निकायसँग नै । नेपाल पर्वतरोहण संघले पर्यटनविद् डा. हर्क गुरुङसँग सहकार्य गरेर नेपालमा रहेका सम्पूर्ण हिमालहरुको तथ्याङ्कहरु संकलन गर्ने प्रयास गरेको थियो । राज्यको उदासिनता कै कारण तथ्याङकलाई पूर्णता दिन नसकिए पनि त्यो एउटा खाकाको रुप बनेको छ । सो तथ्याङकलाई आधार मान्दा हालसम्म नेपालमा ३ हजार ३ सय १० वटा ५ हजार ५ सय मिटरभन्दा बढि उचाईका हिमालहरु रहेका छन् । त्यसमध्ये १ हजार ९ सय १३ पीक इक्युप्मेन्ट लगाएर चढ्ने हिमाल छन् भने त्यसमध्ये पनि १ हजार ३ सय १० वटा पीकहरु ६ हजार मिटर भन्दामाथि उचाईको छ । आरोहणका लागि हाल ३ सय २६ वटा पीकको मात्र अनुमति खुल्ला गरिएको छ ।
आयोगको सुझाव कार्यन्वयन भएन
दूई सय ९३ वटा पीकको पर्यटन मन्त्रालयमार्फत र ३३ वटा पीकको परमिट नेपाल पर्वतारोहण संघले दिन्छ । संघले सञ्चालन गरेको हिमाल ५ हजार ५ सय ८७ देखि ६ हजार ६ सय ५४ मिटरसम्मका छन् । संघले थप पीकको माग गर्दै २३ वटा पीकको लिष्ट पर्यटन मन्त्रालयलाई बुझाएको थियो । तर सरकार परिवर्तनसँगै मन्त्री र सचिव परिवर्तन भइरहनुले त्यस कार्यले सार्थकता पाउन सकेको छैन । पर्यटन मन्त्रालयले अनुमति दिने अधिकांश पीकहरुको प्रवर्द्धन हुन नसक्दा ती हिमाल आरोहणको लागि माग समेत भएका छैनन् । सन् २०१० मा पर्वतीय पर्यटन नीति संसोधनको लागि पर्वतीय पर्यटन कार्यविधि सुझाव समिति -आयोग) ले सुझाव बुझाएपनि आजसम्म उक्त सुझावको अत्तोपत्तो छैन । उक्त सुझाव मात्रै कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालको पर्वतीय पर्यटनले ठूलो फड्को मार्ने विश्व पर्वतारोहण संघका मानार्थ सदस्य एवं नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउनुहुन्छ ।
नेपालमा सन् १९४९ देखि पर्वतीय पर्यटनको सुरुवात भएको थियो । त्यसअघि विदेशी नागरिकलाई यहाँ पर्यटकीय गतिविधि -ट्रेकिङ, पर्वतारोहण तथा ट्राभल) को लागि अनुमति दिइएको थिएन । सबैभन्दा पाहिलोपटक सन् १९५० को जुन महिनामा अन्नपूर्ण एक हिमालको सफल आरोहण प|mेन्स आरोही लुईस लेचनेसले गरेका थिए । त्यसपछि सन् १९५२ सालमा चोयू हिमालको सफल आरोहण भएको थियो । क्रमशः सन् १९५५ कञ्चनजंघा, सन् १९५६ मा मनास्लु र लोत्से तथा सन् १९६० मा धौलागिरी हिमालको आरोहण गरिएको थियो । सन् १९५३ मा सर एडमण्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा चढें । त्यसयता नेपालको पर्वतीय पर्यटन फस्टाउँदो गतिमा रहेको पाइन्छ । विभिन्न हिमालहरुको पहिचानभएसँगै देशी तथा विदेशी पर्वतारोहीहरुबीच एक माथि अर्को हिमशिखर चढेर कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा चलिरहृयो, यो क्रम अहिले पनि जारी नै छ ।
कालापत्थर सम्मेलनको शून्य प्रभाव
पछिल्लो समयमा जलवायु परिवर्तनको असरले नेपालको हिमालय क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ । पर्यावरणीय असन्तुलनकै कारण हिमालहरु पग्लने र जोखिममा पर्ने क्रम तीब्र छ । पहिला ४ हजार ३ सय मिटरलाई हिम रेखा मानिन्थ्यो । जलवायु परिवर्तनको असरका कारण अहिले हिउँ देख्नका लागि ६ हजार मिटरभन्दा माथि पुग्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । जलवायु परिवर्तनले पदमार्गमा पर्ने वनस्पतीदेखि अन्य जैविक विविधता समेतमा पारेको असर देखिन थालेको छ भने अधिकांश हिमालहरुको पहिचान र सुन्दरतामा कुरुपता ल्याएको छ । हिमालबाट पग्लेर आएका हिउँहरुबाट हिमताल बन्ने र फुट्ने क्रमले पनि तीब्रता आएको छ । यस्ता समस्याबाट विश्व नै आक्रान्त भइरहेको बेला सरकारले ठूलो धनराशी खर्च गरेर मन्त्रीमन्डलको बैठक सगरमाथा आधार शिबिर कालोपत्थरमा गर्ने साथै जम्बो प्रतिनिधि मण्डल अन्तराष्ट्रिय सम्मेलनमा पठाउने जस्ता कार्य त गर्‍यो, तर वास्तविक रुपमा समस्याको पहिचान र सम्बोधन गर्ने कार्यमा पटक्कै अग्रसर देखाएन । पर्यटनलाई धुवाँरहित उद्योग हो । तैपनि कुनै न कुनै तरिकाबाट यस उद्योगले वातावरणमा नकारात्मक असर पारिनै रहेको छ । फोहर व्यवस्थापनको नाममा वाषिर्क करोडौंको रकम खर्चिएपनि त्यसको उचित व्यवस्थापन गर्न सकिएको छैन । त्यसको मुख्य कारण यहाँ उपयुक्त संयन्त्र (सिस्टम) छैन ।
सन् १९९३ मा पर्यटन व्यवसायीहरुले ‘रिफनेबल गार्बेज डिपोजिट’को अवधारणा लागु गर्न सरकारलाई सुझाएका थिए । उनिहरुले अहिले उक्त अवधारणाले फोहर व्यवस्थापनको समस्या समाधान गर्न नसकेको समिक्षा गर्दै ‘नन रिफनेबल गार्वेज म्यानेजमेन्ट चार्ज’को अवधारणा अघि सारेका छन् । यस्तो सानोतिनो कमजोरीले गर्दा समस्यामाथि समस्या थपिदैं गएको छ ।
हिमाल नेपाली नाम विदेशी
अधिकांश हिमालहरु विदेशी नामबाट प्रचार-प्रसार भइरहेका छन् । हामी नेपालको पर्यटनमा आफ्नोपन छ भनेर दाबी गछौं । नेपालका अधिकांश हिमालहरुको नाम विदेशीले राखेका छन् । आफ्नोपन कहाँनिर खोज्ने त ? विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम बेलायती सर्वेयर एभरेष्टको नामबाट माउन्ट एभरेष्ट राखिएको हो । यो एउटा प्रतिनिध उदाहरणमात्रै हो । यस्ता विभिन्न विशेषताले भरिपूर्ण हाम्रा अधिकांश हिमालहरु विदेशीहरुकै नामबाट प्रवर्द्धन भइरहेका छन् । हामी त्यसैमा गर्व गरिरहेका छौं । मुल्यमा बार्गेनिङ गरिरहेका छौं । के हामीले हाम्रो हिमालको मुल्य घटाएर विदेशीलाई ल्याउँदैमा यहाँको दीर्घकालीन पर्यटन विकास हुन्छ ? यस विषयमा निकायहरु गम्भिर हुन जरुरी छ ।
11 Comments on “हिमालको मुल्य घटाएर पर्यटनको प्रवर्द्धन हुँदैन”
  • Shankar pandit wrote on 27 May, 2013, 8:52
    ekdam ramro.
    Like or Dislike: Thumb up 4 Thumb down 0

  • झापाली wrote on 28 May, 2013, 3:01
    सर्बप्रथम बिदेशी लाइ नेपाल जादा नेपाल बारे थाहा पाउने या सूचना दिने सस्था हुदैनन् ! आफै पत्ता लाएर भिसा को लागि आबेदन दिदा नमच्चिने पिङ्ग को सय झट्का जस्तो, भिसा सुल्क र भिसा अबधि अनि प्रक्रिया को चर्को धपेडी गर्नु पर्छ ! त्येश माथि महँगो वायुसेवा अनि १० ओउ ठाउको ट्रान्जिट पारगर्दै नेपाल को बिमान स्थल मा ओर्लिन्छ ! अध्यागमन का “अति राम्रा कर्मचारी को अति राम्रो सेवा लिदै” अध्यागमन पार गरेर आफ्नो लगेज को लागि उभिदा “बिचरा कुइरे त्येश माथि येत्रो समान ल्याको” …दुख होला भनेर … बिमान स्थल का कर्मचारी ले हल्का पारिदेको ब्याग बोकेर बाहिर के निस्क्याथ्यो दुइ मित को कथा मा राक्षस ले हात्ती लाइ घेरे जस्तै टेक्सी वाला हरु को घेराइ मा पर्छ ! जसो तसो उम्कियो कहिले को नेपाल बन्ध, कहिले को चक्का जाम !
    के खान आओस पर्यटक ? देश भित्र जति उर्ले पनि जति गर्जे पनि हुनेवाला केहि छैन ! बुद्ध नेपाल मा जन्मेका हुन् भनेर जति फेसबुक को भित्ता रंगाए पनि जति नेपाल को पैसा मा छापे पनि, माउन्ट एभरेस्ट भनेर जति कुर्ले पनि हाम्रा अध्यागमन का राम्रा कर्मचारी को “राम्रो” सेवा अनि वायुसेवा निगम का ब्याग हल्का पार्ने कर्मचारी, देश बन्ध गरेर रमाउने पार्टीका कार्यकर्ता हरु, उड्यो कि चरा खसे जस्तै खस्ने बिमान हरु, फोहर को स्वर्ग जस्तै राजधानी, पर्यटन पर्बर्दन को लागि स्टिकर मात्रै निकाल्ने सरकार, ११ बजे डिस्को बन्ध गर्दै हिड्ने प्रहरी हरु को बानी बेहोरा जबसम्म सकारात्मक हुदैन तब सम्म चिने जानेको बिदेशी लाइ नेपाल नजान नै सल्लाह दिउ ! किन रिस्क लिने भरे केहि भैहाल्यो भने दोष मात्रै आफ्नो टाउको मा ?
    Like or Dislike: Thumb up 4 Thumb down 0

  • yadav k thapa wrote on 28 May, 2013, 4:04
    nepali mato nepali man.sadhde aruko bharma,kanha harayo aafno pan.
    Like or Dislike: Thumb up 2 Thumb down 0

  • Indra K. Maharjan wrote on 28 May, 2013, 9:25
    राम्रो लेख छ प्रकाशजी ।
    Like or Dislike: Thumb up 2 Thumb down 0

  • Ramita Magar wrote on 3 June, 2013, 9:05
    Really ……………….. I like it….
    Like or Dislike: Thumb up 1 Thumb down 0

  • Yubaraj Pandit wrote on 4 June, 2013, 12:15
    Prakash Sir Derai Ramro chha .
    Like or Dislike: Thumb up 0 Thumb down 0

  • Khaling Maanu wrote on 6 June, 2013, 6:32
    Neta bhanauda haruko gari khane, thaapi khaane bhando bhayo yo hamro nature. Nature jogaune jantaa fultipi khaane neta bhayo Nepal,,,,,,,,,,
    Khaling M……………………………………..
    Like or Dislike: Thumb up 0 Thumb down 0

  • ganesh buda wrote on 6 June, 2013, 7:17
    nepallai maya garneharu, nepalkai matoko gungan gaune kura yo lekhbata paaye. badhai ani dhanyabad chha prakash khaling sirlai.
    Like or Dislike: Thumb up 0 Thumb down 0

  • asu wrote on 11 June, 2013, 12:29
    himalko mulya ghatayera dherai paryatak lyaunule samagra tourism industry bigreko chha. nepalko tourusmlai badhaune ho vane himallai byabasthapan garna saknuparcha. badhai chha prakash khaling g yo lekbata testarfa agrasar garna sakos.
    Like or Dislike: Thumb up 0 Thumb down 0

  • rita khatiwada wrote on 11 June, 2013, 12:31
    thank your prakash khaling. this aarticle is really fact.
    Like or Dislike: Thumb up 1 Thumb down 0

  • Dhana Khaling wrote on 12 June, 2013, 3:26
    Tapaiko lekh ramro chha, yathartha chha.
    Yesta lekh ajha padhna pau.
    Purana jamanako bichar ra byabaharle naya jamana sanga mel khana sakdaina, jasle garda ti bichar ra byabaharharu sabiko laagi abhisap banna sakchha.


    http://www.onlinekhabar.com/2013/05/75269/

No comments: