
खालिङ डेक्स
काठमाडौं । बिगत लामो लामायदेखी प्रमुख बिहिन नेपाल पर्यटन बोर्डको कायम मुकायम कार्यकारी प्रमुखको जिम्मेवारी सुभाष निरौला दिइएको छ । गत सोमबार बसेको बोर्ड संचालक समितिको बैठकबाट हाल निमिक्त कार्यकारी प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहनुभएका निरौलालाई सर्बसम्मत कायम मुकायम तोकेको हो । सन् १९९९मा निर्देशकका रुपमा नेपाल पर्यटन बोर्ड प्रवेश गर्नुभएको उहा बरिस्ठ निर्देशक हुनुहुन्छ ।
२०६८ कातिक १४ गते तत्कालिन सीईओ प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएपछी हालसम्म बोर्ड सीईओबिहिन गुज्रिरहेको छ। सीईओ छनोटका विषयलाई लिएर भएको विवाद पटक पटक सर्वोच्च अदालत सम्म पुग्दा प्रक्रियाले पूर्णता पाउन नसकेको हो । पछिल्लो समय गत चैत २४ गते वोर्ड संचाल समितिले ध्रुवनारायण श्रेष्ठको संयोजकत्वमा फुर्वाग्यालजेन शेर्पा सम्मिलित वीच दुई सदस्यि सीईओ छनोट कमिटि गठन गरेको थिाये । कामुको जिम्मेवारी दिइएपछि अब निरौलाले बोर्ड संचालक समितिको सदस्य सचिवका हैसियतमसमेत काम गर्नुहुनेछ ।
No comments:
Post a Comment