काठमाडौं, असार २ । पुनराबेदन अदालतका नवनियुक्त न्यायधिस तेज बहादुर राई सम्मानित हुनुभएको छ। न्यायधिस राईलाई जिमी राई उत्थान समाज सोलु केन्द्रिय कार्यसमितिले सम्मान गरेको हो । समाजद्वारा शनिबार राजधानीमा आयोजित एक समारोहबिच समाजका अध्यक्ष यस बहादुर राईले किरात परम्परानुसार शिरमा फेटा लगाई दिनुभएको थियो भने पूर्व मन्त्री भूपाल किरातीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । पुर्ख्यौली घर सोलुखुम्बु जिल्लाको गुदेल भए पनि राई भने भोजपु छिनामखुमा जन्मनुभएको हो । २०२१ साल बैशाख ११ गते छिनामखु ४ मा जन्मिनुभएका राई कुलुङ ल फम नामक संस्था सञ्चालन गर्दै आउनुभएको थियो ।
न्याय परिषदको पुनराबेदन र जिल्ला न्याधिसमा केहि वकिललाई नियुक्त गर्ने प्राबधानअनुसार सात सय जना वकिलहरुहरुबिच कडा प्रतिस्पर्दा गर्दै अधिबक्ता राई पुनराबेदनको न्यायधिसमा नियुक्त हुनुभएको हो । उक्त समूहमा वकिलबाट जम्मा २७ जना सिफारीर परेकोमा राई एक हुनुहुन्थ्यो । न्याय परिषदले जेष्ठ २६ आईतबारको दिन पुनराबेदनमा ८० जना र जिल्ला न्यायधिसमा ८९ जना सिफारिस गरेका थिए ।
कार्यक्रममा किरात खालिङ राई उत्थान संघका अध्यक्ष रामरतन खालिङ राई, थुलुङ राई समाका महासचिब अधिबक्ता शम्भु खम्बु, किरात कुलङ भाषा उत्थानका केन्द्रिय कोषाध्यक्ष भलाकाजि कुलुङ, बुद्धिजिवि माओ एलुङ, सोलुखुम्बु काठमाडौं पत्रकार समाजका अध्यक्ष प्रकाश खालिङ, समाजसेबी भलाकजी राईलगायत्को उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment