Sunday, March 10, 2013

पत्रकार खालिङ अभिनन्दित


काठमाडौं । आर्थिक राष्ट्रिय दैनिकका संवाददाता प्रकाश खालिङ ‘टुर्गान उत्कृष्ठ पत्रकारिता सम्मान २०६९’ बाट अभिनन्दित भएका छन् । नौं सय टूरगाईडहरुको छाता संगठन टुरिष्ट गाईड एसोसिएशन अफ नेपाल (टुर्गान)को २०औं वार्षिक साधारण सभा समारोहबीच पत्रकार खालिङ सम्मानित भएका हुन् । खालिङले आर्थिकमा पर्यटन विटमा कलम चलाउदैं आएका छन् । 
सो अवसरमा न्युज २४ का समाचार संयोजक प्रेम बानियाँ ‘टुर्गान ‘राष्ट्रिय स्वाभिमान सम्मान’बाट सम्मानित भए । यसैबीच, राजधानी दैनिकका मधुजंग पाण्डे, गोरखापत्र दैनिकका सञ्जोक आचार्य र अभियानका राजु बास्कोटालाई पनि सम्मान गरिएको थियो । उक्त सम्मान नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले प्रदान गरेका थिए । 

No comments: