Sunday, March 31, 2013

पर्यटन मन्त्रालयद्वारा एकीकृत पर्यटन गुरुयोजनाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नेपालको दीर्घकालिन पर्यटन विकास गर्नका लागि एकीकृत पर्यटन गुरुयोजनाको अवधारण अघि सारेको छ ।  उक्त गुरुयोजना तयार पार्नका लािग पर्यटन व्यवसायीसँग छलफल अगाडि बढाएको मन्त्रालयले जनाएको छ । 
    नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने, घोषित विभिन्न पर्यटकीय अभियानहरुलाई निरन्तरता दिनेलगायतका विषयमा व्यवसायी तथा सरोकारवाला निकायहरुसँग छलफल गरेर एकीकृत गुरुयोजना निर्माण गर्ने तयारी भइरहेको मन्त्रालयका उपसचिव एवं सहप्रवक्ता केशवप्रसाद विमलीले जानकारी दिनुभयो । विगतदेखि नै गुरुयोजनाको कुरा चल्दै आएको भए पनि विभिन्न कारणले हुन नसकेको स्विकार्दै उहाँले यसलाई पूर्णता दिन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

No comments: