कामना गरौं । यहाँ हवाई उडानको सुभारम्भ भएको मिति जतिजति घट्किदै जान्छ त्यत्तित्यत्ति नै विमानहरु दुर्घटनाको सिकार बन्दै गइरहेको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा सन् १९४९ मा नेपाली भूमिमा पहिलो विमान अवतरण भएको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित रहेको गाँैचरनको घाँसे मैदानमा अवतरण गरेको पहिलो सो विमानमा नेपालका लागि तत्काली भारतिय राजदूत सवार थिए । त्यसपछि सन् १९५० मा हिमालय एभिएसन नामक भारतीय वायुसेवाले गौचरन (हालको अन्तर्राष्ट्रिय विमानस्थल)बाट कोलकत्तामा चार्टर उडान शूरुवात गरेको थियो । नेपालले त्यसपछि बिमान ल्याएर काठमाडौंंबाट भारतको दिल्ली, बनारस, पटना लगायतका शहरमा उडानको थालनी ग¥यो । सन् १९५० को दशकमा नै देशभित्र पोखरा, भैरहवा, सिमरा, विराटनगर लगायतका क्षेत्रमा उडान सुचारु भए । यसैबीच सन् १९५८ मा राष्ट्रिय ध्वजावहाक शाही नेपाल वायुसेवा निगमको स्थापना भएर व्यवसायिक उडानको विकास सुभारम्भ भएको इतिहास जगजायर छ । क्रमिक रुपमले नेपाली आकाशमा उडान भर्न आउने विदेशी जहाज कम्पनीको संख्या दिन दुई गुणा रात चार गुणाको दरले थपिदै गए भने देशभित्र सुगम र दुर्गम दुवैतिर विमानस्थल विस्तारले तीब्रता पायो ।
नयाँ हवाई कम्पनी र विमानस्थलको संख्यात्मक बृद्धि भइरहेको सन्दर्भमा नेपाली हवाई यात्रा सदाका लागि सुरक्षित सावित हुन सकेन । यद्यपी, सन् १९५५ मार्च ८ मा कालंगा एयरको सिमरा दुर्घटनादेखि हालैमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजकिको मनोहरा खोलामा भएको सिता एयरको दुर्घटनासम्म आइपुग्दा नगन्य रुपमा विमानहरु दुर्घटनाको सिकार बन्नुपरेको छ । विमान दुर्घटनाको ती दिनहरु सबैका लागि सधैका लागि कालो दिनको रुपमा रहेको छ । नेपालले ९० को दशकमा उदार आकाश नीति लिएका कारण नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाएको हो । नेपाली आकाशमा जहाजको संख्या थपिने र दुर्घटना हुदै जाने क्रम बढेर गएको छ । अहिलेसम्म नेपालमा पाँच दर्जन भन्दा बढि विमान दुर्घटनाको सिकार बनिसकेका छन् भने सयौंले ज्यान गुमाइसकेका छन् । मानवीय क्षतिको विवरणात्मक हामीसँग तथ्याङक भएपनि दुर्घटनाबाट कति आर्थिक नोक्सानी भयो भन्ने चाहि विवरण यकिन गर्न सकिएको छैन । त्यसबारे न सरकारले नै चासो दिएको छ नत सरोकारवाला निकायले नै । जहाजको बनोट उच्च प्राविधक, जोखिम र खतरा मुक्त मानिएकाले जहाजको संख्या थपिदैमा दुर्घटना बढ्छन् भन्ने आधारमा लिइनु हुन्न भन्ने आइकाओको मान्यता छ । तर अपवाद, नेपालमा जहाजको संख्या थपिएसँगै दुर्घटनाको संख्या पनि निरन्तर रुपमा बढिरहेको देखिन्छ । नेपाली आकाशमा सन १९५५ देखि अहिलेसम्म साना ठुला गरि ८ दर्जन भन्दा बढि विमान दुर्घटनामा परेको तथ्याङक रहेको छ । सन् १९९० अघि १६ वटा विमान दुर्घटना भएको र सो दुर्घटनामा परि १ सय ५४ जना स्वदेशी तथा विदेशी यात्रुले अकालमै मृत्युवरण गरे भने त्यसयताको हवाई दुर्घटनामा परि करिब ५ सयको हाराहारीमा यात्रुले ज्यान गुमाएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । २०४९ सालको २६ साउनमा नुवाकोटको घोप्टेभीरमा भएको थाई एयरलाइन्स दुर्घटनामा १ सय १३ जना र १२ असोजमा ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तानी एयरलाइन्स दुर्घटनामा १ सय ६७ जनाको मृत्यु भएको थियो । यी दुई वटा जहाज दुर्घटना लगातार भएको थियो । यीनै अहिलेसम्मका सबैभन्दा ठुलो दुर्घटनाको रुपमा रहेको छ ।
त्यस्तै दोस्रो विमान सन् १९५६ मा इन्डियन एयरलाइन्सको बिमान दुर्घटना भएको थियो । सो विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने सन् १९६० नोभेम्बर ५ तारिखमा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चार जनाको ज्यान गयो । क्रमिक रुपले १५ अक्टोबर १९७३ मा नेपाल वायुसेवा निगमको क्यानडामा निर्मित डि एच सी–६ ट्वीनअटर ३०० ९एन– एबीजी बिमान सोँलुखुम्बुको तेन्जिङहिलरी (लुक्ला) विमानस्थलनमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए भने नेपाल वायुसेवा निगमकै विमान सन् १९९१ जुन ९ मा पुनः दुर्घनामा प¥यो । क्यानडामा नै निर्माण भएको डिएच सी–६ ट्वीनअटर ३००९एन–एबिए बिमान काठमाडौंबाट लुक्ला जाने क्रममा मौँसम खराबीका कारण अवतरणमा समस्या भएपछि दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रुको मृत्यु भएको थियो । ३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको एयरबस काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाले ज्यान गुमाए । यसैगरी २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुुुुँदा १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यसैगरी १७ जनवरी १९९५ नेपाल एयरलाइन्सको डिएचसी–६ ट्वीनअटर ३०० नाइन एन–एविआइ आर ए १३३ विमान दुर्घटना भएको हो । काठमाडौंबाट रुम्जाटार जाने क्रममा धावनमार्गमै बिमान दुर्घटना भएको थियो । सो दुर्घनामा परि चालक दलका ३ सदस्य र २१ यात्रुमध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो । ५ सेप्टेम्बर १९९९ मा नेकोन एयरको १२८ बिमान पोखराबाट काठमाडांै आउने क्रममा दुर्घटनाग्रस्त भएको थियो । नेकोनको विएइ ७४८–५०१ सुपर टुबी नाइन एन–एइजी बिमान काठमाडौंबाट २५ किलोमिटर पश्चिम नेपाल टेलिकमको टावरमा ठोक्एिर दुर्घटना हुँदा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको मृत्यु भएको थियो ।
२५ मे २००४ मा काठमाडांैबाट सोलुखुम्बुको लुक्ला उडानको क्रममा यति एयरलाइन्सको डिएचसी–६ ट्वीनअटर ३०० नाइन एन–एएफडी दुर्घटनाग्रस्त भएको थियो । प्रतिकुल मौसमले गर्दा लुक्ला बिमानस्थल उडान गर्ने क्रममा लामजुरा पहाडमा बिमान ठोक्किएर दुर्घटनामा परेको थियो । बिना यात्रु उडेको सो विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । एक अक्टोबर २००४ मा सिता एयरको डोनिर्यर २२८ विमान लुक्ला बिमानस्थलमा अवतरणका कारण दुर्घटना भएको थियो भएको थियो भने ३० जुन २००५ मा गोरखा एयरलाइन्सको डोनिर्यर डु २२८ बिमान लुक्ला बिमानस्थलमा अबतरणका क्रममा दुर्घटना भएको थियो । लुक्ला बिमान स्थलमा धस्सिएर भएको उक्त विमान दुर्घटनामा चालक दलका तीन र त्यसमा सवार अन्य नौ यात्रु सामान्य घाइते भएका थिए । सो बिमान भने त्यसपछिका चल्न सक्ने अवस्थामा ल्याउन सकिएन । त्यसपछि ८ अक्टोबर २००८ मा यति एयरलाइन्सको १०३ ट्वीनअटर बिमान अवतरणका क्रममा दुर्घटना भयो । अवतरणको क्रममा एकाएक बिमानमा आगलागी भएपछि त्यसमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाको क्रममा पाइलटलाई भने सौभाग्यवस सकुशल उद्धार गरिएको थियो । २४ डिसेम्बर २००८ मा नेपाल एयरलाइन्सको डिएचसिजी ट्वीनअटर ३०० ९एन एविएम उडान भर्ने क्रममा दुर्घटना भएको थियो । २०६७ साल ८ साउनमा अग्नी एयरको डोनियर जहाज काठमाडौबाट लुक्लातर्फ उडान गर्ने क्रममा मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दल सहित १४ जनाको ज्यान गएको थियो । २०६७ साल २१ कात्तिकमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यले ज्यान गुमाएका थिए । २०६७ साल ३१ मंसिरमा तारा एयरको डोनियर जहाज लुक्ला तर्फ जादैगर्दा संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा १४ जना विदेशीको ज्यान गएको थियो । क्रमिक रुपले गत वर्षमात्रै जोमसोममा अग्नी एयरको जहाज दुर्घटनामा परेको थियो भने हालै सिता एयरको विमान भक्तपुरको मनोहरा खोलामा दुर्घटनाग्रस्त हुँदा १९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
यी विमानहरु दुर्घटनामा पर्नुको कारण फरकफरक प्रकृतिका छन् । विमान दुर्घटनापछि छानविन आयोग बन्ने चलन छ । यी माथिका सबै दुर्घटनाबारे छानविन आयाग बनेर फरकफरक किसिमका सुझावसहितको प्रतिवेदन बुझाएका छन् । तर कार्यन्वयन सुन्य । नत्र किन छानविन आयोग ? आयोगको प्रतिवेदन केका लागि ? यसको जिम्मेवार निकाय को ? यी यावत विषय प्रसंगहरु उठ्छन् । तर ती प्रतिवदेनहरु व्यवहारमा कति ल्याइए भन्ने प्रश्न अहिले पनि अनुत्तरित नै छ भन्ने कुरा स्वयंम घटनाक्रमले नै विश्लेषण गर्छ । यसबारे तपाई हामी अलिकति भएपनि गम्भिर बन्ने हो की ?
No comments:
Post a Comment