नेपाल वायुसेवा निगमले मलेशियाको राजधानी क्वालालम्पुरमा चैत्र १० गते (मार्च २३, २०१३) देखि हप्ताको सातै दिन नियमित उडान प्रारम्भ गरेको छ । यस अघि हप्ताको ६ दिन नियमित उडान गर्दै आएको निगमले क्वालालम्पुरका लागि एक उडान थप गरेको हो ।
काठमाडौंबाट राती ११ः३० बजे प्रस्थान गरी भोलिपल्ट विहान १०ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने गरी उडान तालिका निर्धारण गरिएको छ । निगमले क्वालालम्पुरका ७ उडानका अतिरिक्त हङकङ प्रतिहप्ता ३, बैंकक प्रतिहप्ता २, दोहा प्रतिहप्ता ४ वटा नियमित उडान गर्दै आएको छ । क्वालालम्पुरको थप उडानले अरु गन्तव्यको उडानमा असर नपर्ने गरी व्यवस्था गरिएको छ ।

No comments:
Post a Comment