पर्वतारोही दावाछिरी शेर्पाले अनुमति नै नलिइकन गौरीशंकर क्षेत्रमा पर्ने यलुङ री हिमाल चढेको भन्ने आफूमाथि लगाइएको आरोपको कुनै तुक नरहेको ठोकुवा गर्नुभएको छ । विभिन्न सञ्चार माध्यममा आएको समाचारलाई लिएर पर्यटन बजारमा हल्ला चल्न थालेपछि उहाँले सो खण्डन गर्नुभएको हो ।
आफूमाथिको आरोप नियतबस भएको उहाँको दाबी छ । ‘यस्तो कुरा मेरो चरित्रहत्या गर्ने नियतले आएको हो’ शेर्पाले भन्नुभयो–‘मेरो नेतृत्वमा गएको टोली रोल्बालिङ टे«किङ रुटमा टे«किङको लागि गएको थियो । त्यही अनुसार हामीले टे«किङ ग¥यौं, फक्र्यौ । त्यसलाई बङ्ग्याएर नानाथरीका हावादारी गफ गर्ने ?’
शेर्पाको नेतृत्वमा ३० जना नर्बेजियन विद्यार्थीको टोली गत फाल्गुन १३ गते अर्थात् फेबु्रअरी २४ तारिखका दिन रोल्बालिङ टे«किङ गर्नका लागि गएको थियो । रोल्बालिङ टे«किङको लागि गौरीशंकर संरक्षण क्षेत्रबाट परमिट लिनुपर्ने व्यवस्थाअनुसार टोलीले परमिट लिएर सो टे«किङ गरेको थियो । टोलीले उक्त टे«किङ गर्नका लागि तिर्नुपर्ने रु. २ हजार पनि तिरेको छ । उक्त परमिट अहिलेपनि आफूसँगै सुरक्षित रहेको शेर्पाको भनाइ छ । ५ हजार ६ सय मिटरभन्दा माथि उचाइका हिमाल आरोहण गर्न नेपाल पर्वतारोहण संघबाट अनुमति लिनुपर्ने व्यवस्था छ । टोलीनेता शेर्पाका अनुसार यलुङ री हिमाल चढ्ने टोलीको कुनै योजना नभएका कारण कुनै पनि निकायबाट स्वीकृति लिनु परेन । ‘त्यसैले टे«किङ गर्नका लागि परमिट लिएर हिमाल चढेको भन्ने भनाइ सरासर गलत हो’ उहाँले स्पष्टीकरण दिनुभयो ।
यस विषयमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिब मोहन लम्सालले गौरीशंकर क्षेत्रमा टे«किङ गर्नका लागि टानसँग स्वीकृति लिनु पर्ने कुरा सत्य नभएको जानकारी दिँदै यो विषय आफ्नो संस्थासँग सम्बन्धित नरहेको जिकिर गर्नुभयो ।
यता नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पाले पनि यो कुरा दोलखाबासी दावा छिरिङ शेर्पाले अहिलेसम्म विभिन्न हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले हालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा (८ हजार ८४८ मिटर) हिमालको आठ पटक सफल आरोहण गरिसक्नुभएको छ भने विश्वको ८ हजार मिटरभन्दा माथिका १४मध्ये ११ वटा हिमालमा सफलतापूर्वक पाइला टेक्नुभएको छ ।

No comments:
Post a Comment