Monday, October 8, 2012

पत्रकार खालिङ उत्कृष्ठ पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार प्रकाश खालिङ सम्मानित हुनुभएको छ । दुर्गम क्षेत्रबाट अवतरण गरि पत्रकारिता यात्रालाई सशक्त रुपमा अघि बढाइरहेका खालिङले पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्र्धनमा विशेष योगदान पु¥याएको भन्दै यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट  सम्मान गरिएको हो ।
बाल गृहहरुको महासंघ नेपाल र गन्तव्य नेपाल पब्लिकेशनद्धारा संयुक्त रुपमा सोमबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको  एक विशेष समारोहबीच सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले सो सम्मान पत्र प्रदान गर्नुभएको थियो । सोलुखुम्बुमा जन्मेका पत्रकार खालिङ आर्थिक राष्ट्रिय दैनिकका बरिष्ठ संवाददाताका साथै विभिन्न पत्रपत्रिकामा सक्रिय कलम चलाउदै आउनुभएको छ । पत्रकार खालिङ विशेषगरि पर्यटनमा दख्खल राख्नुहुन्छ । 
यसैबीच, तीन प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी निरिक्षक रुगम बहादुर कुँवर, दरबारमार्ग प्रहरी प्रभागका प्रहरी निरिक्षक डा. तपन दाहाल र सोह्रखुट्टे प्रहरी प्रभागका प्रहरी निरिक्षक तीलक भारतीलाई पनि सुरक्षा व्यवस्थामा सदृढ गर्दै पर्यटन विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ । त्यसैगरि बालबालिकाहरुको उत्थानमा योगदान पु¥याएवापत बुद्धिष्ट बाल गृह संगठन र बाल मन्दिरलाई पनि सम्मान गरिएको छ ।

No comments: