काठमाडौं । गतवर्ष सन् २०११ मा नेपालमा नियमित उडान गरिरेहका सात आन्तरिक वायुसेवा कम्पनीले लिएको उडान अनुमतिमध्ये ३१ हजार उडान भएका छन् भने १७ हजार उडान रद्ध भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिरणले र्सार्वजनिक गरेको नागरिक उड्डयन रिपोर्टका अनुसार सन् २०११ मा उडान गरेका वायुसेवा कम्पनीमध्ये अग्नि र तारा एयरको नियमति सञ्चालन भएको भन्दा रद्ध उडान बढि देखिएको छ ।
सन् २०११ मा भएका उडान विवरण
वायुसेवा कम्पनी वाषिर्क अनुमति सञ्चालन भएको रद्ध भएको चार्टर डाइभर्ट
बुद्ध एयर १४, ४७२ १०,९२३ ३,५४९ ५०५ ७६
यती एयर ११,६८४ ८,७८४ २,९०० ६९९ ५१
अग्नी एयर ११,५३० ५,४६२ ६,०६८ २०७ ५४
गुण एयर ५,५५४ ३,२९६ २,२५८ १३ २६
तारा एयर ३,२८३ १,३०४ १,९७९ २,०१५ १८
सीता एयर १,१०१ ७०९ ३९२ १८२ १०
नेपाल एयरलाइन्स १,०६३ ९१६ १४७ ६३६ १६
जम्मा ४८,६८७ ३१,३९४ १७,२९३ ४,२५७ २५१
स्रोतः नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन रिपोर्ट २०११/०१२
तथ्याङ्क अनुसार सम्वन्धित वायुसेवाले सञ्चालन गरेको भन्दा बढि उडान रद्ध हुनेमा अग्नी एयरको ६ हजार ६८ र तारा एयरको १ हजार ९ सय ७९ उडान रहेका छन । सन् २०११ मा अग्निले ५ हजार ४ सय ६२ र ताराले १ हजार ३ सय ४ उडान सञ्चालन गरेको पनि प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
उडन रद्ध हुनेमा बुद्ध एयरको ३ हजार ५ सय ४९, यती एयरको २ हजार ९ सय, गुण एयरको २ हजार २ सय ५८, सीता एयरको ३ सय ९२ र नेपाल वायुसेवा निगमको १ सय ४७ उडान रहेको छ । विमान कम्पनीले लक्ष्य अनुसार उडान नहुँदा सञ्चालन उडानभन्दा रद्ध बढि भएको त्रिभुवन विमानस्थल स्थित उडान शाखा प्रवन्धक राजबहादुर महर्जनले जानकारी दिए । उनका अनुसार नेपालका विमानस्थल अधिकाङ्श मौसमा भर पर्नुपर्ने भएकोले पनि वायुसेवाको उडान रद्ध धेरै भएको हो ।
वायुसेवा कम्पनीले हरेक तीन महीना अगाडि नै दैनिक गरिने उनको अनुमाति लिने गर्छन, महर्जनले भने । तर, खराब मौसम, वायुसेवा कम्पनीको जहाजमा हुनसक्ने खराबी तथा अन्य प्राविधिक कारणले सो अनुसारको उडान गर्न नसकेको अवस्थमा आएका छन् । अनुमति स्वीकृत भएका उडान नभएको अवस्थामा रद्ध मानिएकोले पनि यो सङ्ख्या धेरै भएको महर्जनको भनाई छ ।
‘वायुसेवा कम्पनीले यात्रु थोरै भएको अवस्थमा पनि अनुमति लिएको उडान गर्नुपर्ने हुन्छ’, अग्नि एयरका फ्लाईट अपरेशन प्रवन्धक पवन विष्टले भने । यात्रुलाई दिएको समयअनुसार उडान गर्नुपर्ने भएकोेले जति अकुपेन्सी भएपनि सामान्यता उडान भएकै हुन्छ । तर, कहिलेकाही एउटा उडानको यात्रुलाई अर्कामा क्यारी गर्देमा उडान तालिकामा भने त्यतिठूलो भिन्नता आउनु नपर्ने विष्टको भनाई छ ।
‘खराब मौसमका कारण गत वर्षसन् २०११ मा रद्ध उडान बढेको हुनसक्छ’, तारा एयरकी प्रवन्धक मञ्जनी श्रेष्ठले भनिन् । तर, उडान तालिकाको आधा भन्दा बढि रद्ध हुनुलाई भने रिपोर्ट हेरेर मात्र थप कुरा भन्न सकिने उनको भनाई छ ।
सन् २०११ को एक वर्षो अवधिमा नियमति उडान गरिरहेका सात वायुसेवा कम्पनीले कूल ४८ हजार ६ सय ८७ ओटा उडान तालिका लिएकामा ३१ हजार ३ सय ९४ ओटा उडान भएको र १७ हजार २ सय ९३ ओटा उडान तालिका रद्ध भएको तथ्याङ्कमा उल्लेख छ । सो तथ्याङ्क अनुसार सातैओटा वायुसेवा कम्पनीका जहाजमार्फ ४ हजार २ सय ५७ चार्टर उडान, विभिन्न तालिम प्रयोजनको लागि ३ सय ३४ र उडान डार्इभर्ट २ सय ५१ ओटा भएका छन् ।
No comments:
Post a Comment