Tuesday, July 10, 2012

 ठमेलको रात्रिकालीन व्यवसायका लागि समयपावन्दी खुल्ला गरिने
प्रकाश खालिङ
काठमाडौं । प्रमुख पर्यटकीय केन्द्र ठमेलको रात्रिकालीन व्यवसायका लागि समयपावन्दी खुल्ला गरिने भएको छ । अहिले बेलुकी १० बजेभन्दा उत्ता रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । व्यवसायीहरुले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेको बेला समयसीमा कति तोक्ने भन्ने सम्बन्धमा भने टुंगो लगाउन सकिएको छैन । रात्रिकालीन व्यवसायीहरुले पटकपटक दबाब दिएपछि ठमेल पर्यटन विकास परिषद्को समन्वयमा सम्बन्धित व्यवसायी, नेपाल पर्यटन बोर्ड र सुरक्षा निकायबीच संयुक्त साझेदारी गरेर रात्रिकालीन व्यवसायको समयसीमा खुल्ला गर्ने तयारी गरिएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी परिसरका प्रमुख चूडामणि शर्माले सबैपक्षको सहमति र सर्तसहितको लिखित हस्ताक्षरपछि रात्रिकालीन व्यवसाय सञ्चालनको समयसीमा तोक्ने बताउनुभयो । ‘कुनैपनि व्यवसायलाई सीमाबद्ध गर्नु हुँदैन भन्ने कुरामा म पूर्ण सहमत छु’, प्रमुख शर्माले भन्नुभयो–‘तर नेपालको सुरक्षा निकाय सक्षम छैन । सुरक्षा निकायलाई आवश्यक पर्ने श्रोतसाधन र पर्याप्त जनशक्तिको परिपूर्ति गर्न नसकिएको हुनाले यहाँ २४सै घण्टा व्यवसाय सञ्चालन गर्न नसकिएको हो अनि रात्रिकालीन व्यवसायलाई पनि निम्ता गर्नुपरेको हो ।’ उहाँका अनुसार हाल काठमाडौं उपत्यकामा एक हजार ४ सय जनाबराबर जम्मा एक जना प्रहरीले सुरक्षा दिइरहेको छ । ३० देखि ४० ठाउँमा रात्रिकालीन चेकपोष्ट राखिएका छन् । हाल ठमेलमा डान्सबार २५०, क्याबिन १०, दोहोरी २५०देखि २००, मसाज ११५ र रात्रीकालिन व्यवसाय करिब ६५० देखि ७०० वटा रहेको छ ।
यसैबीच ठमेल पर्यटन विकास परिषद्, महानगरीय प्रहरी प्रभाग लैनचौर र दरबारमार्गको संयुक्त आयोजनामा सोमबार ठमेल पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवसायमा संकटकाल घोषणा गरिएको गुनासो गर्दै ठमेलमा  शान्तिसुरक्षाको नाममा सबै व्यवसाय विरुद्ध धावा बोलिएको आरोप लगाए । उनीहरुले रात्रिकालीन र दिवा व्यवसायलाई सौताको रुपमा हेरिएको भन्दै व्यवसाय सञ्चालनमा समयको प्रतिवन्द तुरुन्तै हटाउनुपर्ने माग गरे ।

No comments: