काठमाडौं, असार २५। चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटेलहरुको सरकारले नवीकरण गर्ने तयारी गरिरहेको भन्दै स्थानीय होटेल व्यवसायी तथा राजनीतिक पार्टीहरु सम्मिलित निकुञ्ज सरोकार समूहले नवीकरण नगर्न सरकारलाई चेतावनी दिएको छ । निकुञ्जभित्र सञ्चालित होटेलहरुका कारण एकसिंगे गैंडा, बाघलगायतका दुर्लभ वन्यजन्तुहरु मासिँदै गएको र सिंगो निकुञ्ज नै संकटमा परेको भन्दै सरोकार समूहले विरोध जनाएको हो । चितवनको पर्यटन व्यवसाय निकुञ्जमा रहेका वन्यजन्तुमा आश्रित भएको हुँदा वन्यजन्तु मासिएको खण्डमा त्यस क्षेत्रको पर्यटकीय सम्भवना न्यून हुने पर्यटन व्यवसायीहरुको भनाइ छ ।
निकुञ्जभित्र भएका होटेल व्यवसायीले वन्यजन्तु मास्नमा भूमिका निर्वाह गरेको उनीहरुको आरोप छ । अहिले निकुञ्जमा ७ वटा होटेलहरु सञ्चालनमा रहेका छन् । टाइगर टप्स (२०२२) लगायतका कतिपय होटेलहरु निकुञ्ज घोषणा हुनुपूर्व नै सञ्चालनमा आएका थिए । राजतन्त्रकालमा राजपरिवारका सदस्य र केही निकट व्यक्तिहरुले निकुञ्जभित्र होटेल सञ्चालन गरे पनि राजतन्त्रको समाप्तिपछि ती होटेलहरुको सान्दर्भिकता पनि समाप्त भएको उनीहरुको भनाइ छ ।
चितवनमा आएका पर्यटकहरुमध्ये ७५ प्रतिशतभन्दा बढीलाई निकुञ्ज बाहिरका होटेलहरुले सेवा दिइरहेको अवस्थामा वन्यजन्तु नै मास्ने गरी निकुञ्जभित्र होटेलहरु सञ्चालन गरिरहनुपर्ने अवस्था नरहेको व्यवसायीले बताए । बाहिर व्यवसाय गरेर बसेका व्यवसायीले निकुञ्ज र वन्यजन्तुहरुको संरक्षण गर्ने तर भित्रका सीमित होटेलहरुले निकुञ्जका स्रोतको दोहन गरेको उनीहरुले आरोप लगाए । राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७÷०६८ मा निकुञ्जको कुल आम्दानीमध्ये साढे ५ करोड निकुञ्ज बाहिरका होटेलबाट, डेढ करोड निकुञ्जभित्रका होटेलबाट र १ करोड अन्यबाट आम्दानी भएको छ । निकुञ्जभित्रका होटेलहरुले ३ हजार बढीलाई रोजगारी दिएको दाबी गरिरहेको बेलामा सरोकार समूहले मुस्किलले ५ सय जनालाई रोजगारी दिन सकेको बतायो ।
निकुञ्जभित्रका होटेलहरुको म्याद यही असार मसान्तमा सकिँदै छ । सरकारलाई नेपाल उद्योग वाणिज्य महासंघ, होटेल संघलगायतका पर्यटनसँग सम्बन्धित केही संघसंस्थाहरुले होटेलहरुको नवीकरण गर्न दबाब दिएका छन् । यता चितवनका स्थानीय व्यवसायी र राजनीतिक दलले शक्तिको आडमा सरकारले होटेलहरुको नवीकरण गर्न लागेको आरोप लगाएका छन् ।

No comments:
Post a Comment