काठमाडौं, पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया रोकिएको छ । तीन चीनियाँ कम्पनीले टेण्डर प्रकृयामा सहभागिता जनाएकोमा तीन वटैले मापदण्ड पुरा गर्न नसकेका कारण सो प्रकृया रोकिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार विमानस्थल निर्माणका लागि टेण्डर आव्हान लगायतका काम भएपनि मुल्यांकन प्रकृयाबाट अगाडि बढ्न नसकेको हो ।
पोखरा पर्यटन परिषद्, पोखरा उद्योग बाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघले, पोखरा संयुक्त कार्यक्रम आयोजना गरि दबाव दिने जानकारी दिएका छन् । सम्पुर्ण कानुनी प्रकृया पुरा गरि परियोजना मुल्यांकनको चरणमा पुगिसकेकाले तत्कालै दुई पक्षविच सम्झौता भई कार्यान्वयनको चरणमा जानुपर्ने उनिहरुको भनाइ छ । उपत्यका भन्दा बाहिर नेपाल देख्नै नसक्ने केही शक्तिहरुको कारणले अन्तिम चरणमा पुगेको कामलाई प्रभावित गर्ने खोजिएको उनिहअरुले आरोप लगाएका छन् । धेरै प्रकृया पार गरेर कार्यान्वयनको तहमा पुगेको परियोजनालाई सफल पर्नका लागि जस्तोसुकै आन्दोलन गर्न वा कडा कदम चाल्न पछि नपर्ने भन्दै पोखराका व्यवसायीहरुद्धारा संयुक्त जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । विमानस्थल निर्माणका लागि सरकारले पटकपटक गरी ८५ दिनको समयसीमा दिएर टेण्डर आह्वान गरेको थियो । चीनको एक्जीम बैंकले सस्तो व्यजदरमा कर्जा लगानी गर्ने भएपछि पोखरा विमानस्थल निर्माण प्रकृया अघि बढाइएको थियो ।
चीनको लगानी रहने भएपछि चीनका कम्पनी मात्रै निर्माण प्रकृयामा सहभागि हुन पाउने सर्त अनुसार नेपाल सरकारले चीनका कम्पनीहरुले मात्रै भाग लिन पाउने गरी टेण्डर आवह्न गरेको हो । सोही आधारमा बिमानस्थल निर्माणका लागि चीनियाँ कम्पनी सिनो हाइड्रो, सि डब्लु ई र थ्री गर्जेज गरी तीन वटा कम्पनीले टेन्डरमा भाग लिएका हुन् । टेण्डरमा चिनिया मात्रै सहभागि हुन पाउने तथा छोटो अवधिको समय राखेर टेण्डर आवह्न गरेको भन्दै विवाद भएपनि, पछिल्लो समय सहमतिका आधारमा प्रकृया अघि बढेको थियो ।
केहि महिनाअघिमात्र क्षेत्रीय विमानस्थल बनाउनै पर्ने दबाव दिनका लागि पोखराका स्थानीय राजनीतिक दल, तत्कालिन सभासद, व्यवसायी तथा सरोकारवाला निकायको एक टोली काठमाडौं आएका थिए । उनिहरुले काठमाडौंमा आएर प्रधानमन्त्री, पर्यटन मन्त्रीलगायतलाई भेटेर यसबारे सचेत गराएका थिए । टोलीले विमानस्थल बन्ने पक्का भएपनि कुनै कारणवस नरोकियोस भन्ने सकारात्मक दबावका लागि काठमाडौं आउनुपरेको नेपाल पर्यटन वोर्डमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका थिए । चालू आर्थिक वर्षभित्रै विमानस्थल निर्माण कार्य अघि बढ्ने आशा लिइएको थियो ।
३७ बर्ष पहिले नै जग्गा अधिग्रहण गरि निर्माणको प्रक्रिया सुरु गरिएको थियो । क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलका लागि पोखरा छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । सरोकारवाला निकायहरुले पनि पूर्व सम्झौताकै आधारमा विमानस्थल निर्माण प्रक्रिया अघि बढाइनुपर्नेमा जोड दिएका छन् । पुर्व सभासद रबिन्द्र अधिकारी सम्पूर्ण मापदण्ड पुरा गर्नका लागि परियोजना अनुगमन लगायतका धेरै काम गर्नुपर्ने भएकाले लगभग ६ महिनाको समय चाहिने बताउनुहुन्छ । चीन सरकारको लगानीमा बिमानस्थल निर्माणका लागि चीन सरकारले नै सिफारिश गरेका कम्पनीहरुलाई अयोग्य भन्न नहुने अधिकारीको धारणा छ ।
यता नेपाल नागरिक उडडयन प्राधिरणका महानिर्देशक त्रिरत्न (टीआर) मानन्धरले भने प्रक्रिया नरोकिएको र मुल्याङ्कनको काम भइरहेको बताउनुभयो । उहाँले अब चाडैनै विमानस्थल निर्माण प्रक्रिया टुंगाइने पनि बताउनुभयो । ‘टेण्डर सकिएर मुल्याङकनको काम भइरहेको छ’, महानिर्देशक मानन्धरले शनिबार आर्थिक दैनिकसँग भन्नुभयो–‘म प्राविधिक त होइन तैपनि अहिलेसम्मका अवस्था हेर्दा अब चाडैनै निर्माण प्रक्रियाले ठोस रुप लिन्छ ।’

No comments:
Post a Comment