कान्छि महिला आरोही निमा छेम्जी शेर्पाको सगरमाथा यात्रानुभूति
काठमाडौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहणको इतिहासलाई हेर्ने हो भने महिलाको दाँजोमा पुरुषको वर्चस्व देखिन्छ । १९ वर्षअघि चौथो पटकको प्रयासमा सोलुखुम्बु सुर्केकी पासाङ ल्हामु शेर्पाले चुचुरोमा राष्ट्रिय झन्डा गाडेपछि सगरमाथामा नेपाली महिला आरोहीको बाटो खुलेको पाईन्छ ।पासाङ ल्हामुपछि सगरमाथामा पाइला राख्ने नेपाली महिलाको संख्या भण्डै डेढ दर्जन नाघिसकेको छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको ५९ वर्ष पूरा हुँदै गरेको यस सिजनमा सोलुको गुदेलमा जन्मेकी तर आठ वर्षदेखि काठमाडौं आरुबारीमा बस्दै आएकी १६ वर्षीया निमा छेम्जी शेर्पाले सगरमाथा आरोहण गरेकी छन् । उमेरका हिसाबले उनले आँफुलाई सबैभन्दा कान्छि महिला आरोही दावी गरेकी छन् । प्रस्तुत छ सगरमाथा आरोहणको उनको यात्रानुभूति :
घरबाट हिँडेको ४२ औं दिन म मेरा बुबा डेन्डी शेर्पाका साथ सगरमाथाको चुचुरोमा थिएँ । त्यसबेलाको खुसी बिछट्टै प्रकारको रह्यो । त्यो अग्लो चुचुरोबाट काठमाडौं आरुबारीमा रहेकी आमा वाक्पा डिकीलाई सम्झें । उहाँसँग कुरा गर्न मन लाग्यो । तर हाम्रो स्याटलाइट फोनको ब्याट्री सकिएकाले रहर अधुरै रह्यो । चुचुरो पुगेपछि त्यहाँ तीनपटक पुगिसकेका मेरा बुबाले भन्नुभयो, बधाई छ छोरी, तिमी सगरमाथाको चुचुरोमा छौ । यो अग्लो स्थानमा बुबा र छोरी एकैसाथ आएको हामी नै पहिलो हौं । त्यसपछि आरोहण दलमा सहभागी दाइहरूसँग पनि बधाई साटासाट गरें ।
जीवन र मरणको टुंगो नै नहुने शिखरमा खुसीका आँसु चिसो गालामा टप्प झरे । मुखबाट अक्सिजन मास्क झिकें । अक्सिजन बोकेको रुकस्याकमा राखेको चन्द्र र सूर्य अंकित राष्ट्रिय झन्डा फहराएँ । हाम्रै आरोहणमा रहेका मिङमा दाइले फोटो खिचिदिनुभयो । टाउको घुमाउँदै चारैतिर हेरें । नेपाल र चीन छुट्याउन सकिनँ ।
संसारका धेरै मानिसको रहर र सपना भएको शिखरबाट हेर्दा अरू हिमाल त साना फुच्चे देखिँदारहेछन् । जेठ ६ गते शनिबारको साढे १२ बजेको थियो । हामीसहित करिब १५र२० जना अरू पनि थिए, त्यहाँ । १२ बजेपछि चुचुरोमा ढुंगा उडाउने हावा चल्दोरहेछ । त्यहाँको चिसोको त बयान गर्न सकिन्न ।
त्यहाँ धेरै बस्न उचित नहुने भएपछि हामी हतारिँदै ओर्लियौं । तीन दिनपछि आधारशिविर पुग्यौं । सगरमाथा चढ्नुअघि बितेको दसैंतिहार बिदामा मैले लोबुचे हिमाल चढेकी थिएँ । खुम्बु क्षेत्रमा रहेको ४ हजार ९ सय ५० मिटर उचाइको त्यो हिमाल आरोहण गर्दा मैले चोला र रेन्जो पासको पदयात्रा पनि गरेकी थिएँ । त्यो मेरो पहिलो हिमाल यात्रा थियो ।
बुबासँग लोबुचे चढ्दा आरोहण दलमा सहभागी दाइहरूले भनेका थिए, तिमीले त हिमाल चढ्न सक्दोरहेछ, सगरमाथा पनि ट्राई गर । यसले मेरो मनभित्र सगरमाथा चढ्ने रहर पलाएको थियो । एसएलसी चलिरहँदा सगरमाथा चढ्ने रहर मात्रै थियो । बुबाले एक्कासि प्रस्ताव गरेपछि मैले पनि भनिदिएँ, हुन्छु ।
बुबाले आरोहण अनुमतिका लागि पर्यटन मन्त्रालयमा प्रक्रिया मिलाउन थाल्नुभयो । आरोहणको रोयल्टी एक जनाको १० हजार अमेरिकी डलर पर्दोरहेछ । आरोहण शुल्क मिनाहा गराउन पनि सकिँदोरहेछ । प्रक्रिया लामो भएकाले बुबा सम्मिलित हाई एडभेन्चर एक्सपिडिसन एभरेस्ट २०१२ आरोहण दलको टिम सपोर्टरु बनाइयो ।
टिममा हामी जम्मा ११ जना थियौं । हामीसँग स्विट्जरल्यान्डका प्रख्यात आरोही युली स्टेक, अमेरिकी आरोहण प्रशिक्षक फेरडाईलगायत क्यानाडा, चेकोस्लाभाकिया, अमेरिका र इंग्ल्यान्डका आरोही थिए । चैत २६ गते अग्नि एयरको डोर्नियर विमान चढेर हामी लुक्लातिर हानियौं । आरोहण दललाई सघाउने ८ नेपाली शेर्पा थिए ।
नयाँ वर्षका दिन हामी आधारशिविर पुग्यौं । त्यहाँ १२ दिन बिताए । खुम्बु आइसफलसँग सीमा जोडिएको ५ हजार ३ सय ६४ मिटर उचाइमा आधारशिविरमा बस्दा त्यहाँको अल्टिच्युट सिकनेस र हिमाली वातावरण अनुकरण गर्न फेदीको शेर्पा गाउँ पेरुचे आउजाउ पनि गरें । रंगीचंगी टेन्टका कारण बेसक्याम्पमा त मेला जस्तै हुँदोरहेछ । यसपटक अनुमति पाएका ३३ वटा आरोहण दलका करिब साढे ३ सय आरोही र शेर्पाहरूको भीडले आधारशिविर रमाइलो देखिएको झल्को मनमा ताजै छ । आधारशिविरमा बस्दा दिनहुँ मौसम सफा हुँदा आइस टे्रकिङलगायत हिमाल चढ्ने अभ्यास गरें । आधारशिविरमा धेरै मान्छे तास खेल्दै दिन कटाउँथे ।
रेडियो सुन्थें । त्यहाँ सोलु एफएम सुनिदोरहेछ । म टेन्टमा बसेका बेला मनमनै सोच्थेँ, ुभोलिपर्सि मेरो नाम पनि यसले फुक्छ होला, सबैभन्दा कान्छी महिला आरोही सगरमाथामा भनेर । हाम्रो टोलीले अरूले झैँ आधारशिविर, क्याम्प वान, टु, थ्री र फोर (साउथपोल) मा टेन्ट लगाएको थियो ।
आरोहण दलका अरू विदेशी सहयात्री शेर्पाहरूको साथ तलमाथि गरिरहन्थे । जेठ पहिलो साता मौसम अनुकूल भएपछि शेर्पाहरूले डोरी र सिँढी बाँध्दै बाटो खोले । हामी आधारशिविरबाट जेठ २ गतेतिर चुचुरोतर्फ उक्लियौं । आधारशिविरमा हुँदा काठमाडौंबाट उडेका माउन्टेन फ्लाइट देख्थें दिनहुँ हेलिकप्टर आइरहन्थे ।
हिमपहिरोबारे धेरै सुनेकी थिएँ । यसपाला तेस्रो शिविरमा हिमपहिरो देखें । आम्मामा कत्रो १ गुटुङटुङ गर्दै पहाडै खस्दोरहेछ । पहिलो शिविरमा बस्दाताका सगरमाथासँग जोडिएको नुप्से हिमालबाट आएको हिमपहिरोले धेरै आरोही घाइते भएछन् । एक आरोहीको मृत्यु भएछ । त्यहाँ हेलिकप्टरले उद्धार गरेको देखें ।
माथि उक्लेपछि हवाई दृश्य देख्न पाइएन । घाइतेलाई शेर्पाहरूले बोकेर तल झार्थे । दोस्रो शिविरपछि गाह्रो महसुस भयो । त्यसबेला काठमाडौंको जीवन सम्झें । मेरो ओच्छ्यान सम्झें । दालभात खाएर बौद्ध चाबहिलतिर हिँड्नु नै मज्जा रहेछ लाग्यो । गाउँबाट मानिसहरू किन सुख खोज्दै काठमाडौं र्झछन्, महसुस भयो ।
अनि देखें, शेर्पा र भरियाका दुःखहरू । आफूभन्दा ठूलाठूला भारी बोकेर हिमालमा किन उक्लिँदारहेछन् थाहा भयो । जीवनको त त्यहाँ ग्यारेन्टी नै हुँदोरहेनछ । आरोही आङरिता शेर्पाका छोरा दुई मिनेटपछि मरेको देखें । उनले आधारशिविरमा हाम्रो क्याम्पमा पानी मागेर खाएका थिए ।
म आइस टे्रकिङ गर्न उक्लिँदै थिएँ । उनको मृत शरीरलाई शेर्पाहरूले बाँधेर ओराल्दै गरेको देखें। हिउँका टुक्रा र ढुंगाले अपांग भएका पनि देखें । त्यसबेला मलाई लाग्यो, आरोहण पेसामा लागेका शेर्पाहरू मरेपछि काठमाडौं बौद्ध क्षेत्रमा डेरा गरेर बस्ने उनीहरूका छोराछोरी र पत्नी कसरी टुहुरा हुँदारहेछन् ।
हिमालतिर उक्लिँदा पाका विदेशीहरू मतिर हेर्दै भन्थे, अहो यत्रो सानी छोरी पनि म हाँसिदिन्थें । दोस्रो शिविरभन्दा माथि जीवजन्तु केही देखिएनन् । तर दोस्रो शिविरमा साना फिस्टे चरा हाम्रो टेन्टतिर भुरभुर गर्दै खेर गएका अन्न चुच्चोले टिप्दै खान्थे । मलाई त्यसबेला लाग्थ्यो, चरा भइदिएको भए, उडेर एकैछिनमा चुचुरोमा पुग्थें ।
साउथकोल जसलाई डेड-जोनु भनिन्छ, त्यहाँबाट हामी जेठ ५ गते राति १२ बजे हिँड्यौं । साउथ समिटबाट राति हिँड्दा बाटो काटेको पत्तो नपाइने र मौसम पनि एकनासको हुने भएकाले आरोहीहरू फटाफट हिँड्थे । दिउँसो आराम लिन्थे । तर उचाइमा पाइला चाल्नै गाह्रो । एक पाइला चाल्यो, निदायो । फेरि त्यसै गर्यो ।
बिहान उज्यालो हुँदा हामी साउथ समिटमा पुग्यौं । त्यहाँबाट सगरमाथाको चुचुरो नजिकै देखियो । त्यसपछि ४० फिट लामो हिलारी स्टेप । त्यहाँ पुगेपछि पहिलो आरोही हिलारी र तेन्जिङलाई सम्झें । साह्रै गाह्रो भएको थियो । बुबाले मलाई सोध्नुभयो, फर्किने हो छोरी, गाह्रो भएको हो यत्रो नजिक पुगेपछि पनि कहाँ फर्किनु भन्दै साहस गरें ।
त्यसबेला मध्याह्न भइसकेको थियो । साढे १२ बजे हामी चुचुरोमा पुग्यौं । हामीले आरोहण गरेको दिन धेरै ट्राफिक थियो । फर्किंदा थुप्रै विदेशी उक्लिरहेका थिए । बुबाले नजाऊ । अब खतरा हुन्छ भन्दा धेरै नबोली अघि बढें । त्यसबेला हाम्रै समूहकी गैरआवासीय नेपाली, क्यानाडेलीसँग विवाह गरेकी श्रेया शाहको मृत्यु भयो । उनको फर्किंदा मृत्यु भएको रहेछ ।
मसँग धेरै दिनरात हिँडेकी उनको मृत्यु भएको खबर मैले भोलिपल्ट मात्रै थाहा पाएँ । स्विस आरोही युलीले विनमा अक्सिजन आरोहण गरे, ११ मध्ये ३ जना बीच बाटोबाटै फर्के । हाम्रो स्याटलाइट फोनको ब्याट्री सकिएकाले आफ्नै समूहबीच सम्पर्क थिएन । हाम्रो आरोहणको खबर बेलैमा सुनाउन पाइएन । आधारशिविरमा रहेका कुक र सरदारले चिन्ता मानेछन् । दोस्रो शिविरमा पुगेपछि आधारशिविरमा खबर गर्यौं । त्यसपछि खबर सञ्चारमाध्यममा पनि पुगिसकेछ । आमा र भाइहरूले पनि थाहा पाएछन् । आधारशिविरदेखि काठमाडौं पुग्दा सयौं खादाले गला भरियो । बधाई त कति-कति । योभन्दा धेरै मान्छेहरू फोटो खिच्न हत्ते गर्ने । अनि ठानें, अहो १ मैले त राम्रै काम पो गरेकी रहेछु फर्किंदा धेरैजसोको बाटोमा अक्सिजन सकिँदोरहेछ । बुबाले लाक्पा दाइलाई आफ्नो अक्सिजन दिएर ओराल्नुभयो । सगरमाथा चढ्नेहरूले एकपटक एडमन्ड र तेन्जिङलाई सम्भिहाल्दारहेछन् । उनीहरूले खुब दुःख गरेका रहेछन् । हाम्रो बेलाको जस्तो सुविधा त्यसबेला थिएन ।
बुबा माउन्टेन गाइड भएकाले मैले सगरमाथा चढ्न सकें । उहाँ १३ वर्षको छँदादेखि पर्यटन क्षेत्रमा लाग्नुभएको थियो । हामी सानै छँदा बुबा पदयात्रा र हिमाल आरोहण सकेर घर फर्किंदा चिटिक्क परेका हिमाल चुचुराका फोटो लिएर आउनुहुन्थ्यो । साथमा क्लाइमबिङ गियर, आइस एक्स लगायतका आरोहण उपकरण हुन्थे ।
तस्बिर हेर्दा पनि जाउँ-जाउँ लाग्थ्यो । हिमाल चढ्दा प्रयोग हुने ती सामग्रीसँगै म कस्ती देखिँदो हुँ काठमाडौंमा घरभित्र लगाउँथें, आफैंलाई नियाल्थें । त्यसबेला लाग्थ्यो, क्लाइमबिङ गियर लगाएर म पनि हिमाल चढ्न सक्छु ।सानैमा सोचेको त्यो सगरमाथा सपना यसपटक पूरा भएको छ । लागिरहेको छ, सगरमाथा नेपालीले एकपल्ट पुग्नै पर्ने ठाउँ रहेछ ।

No comments:
Post a Comment