काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र भइरहेका समस्या समाधान एवं अस्तव्यस्ततालाई सुधार्न सरकारले पर्यटन व्यवसायी ज्योति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) का पूर्वअध्यक्ष अधिकारीको संयोजकत्वमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सो समितिले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सुविधा हुँदाहुँदै पनि अहिलेसम्म अस्तव्यस्त अवस्थामा रहेको विमानस्थल भित्रका विविध समस्या समाधानका लागि अध्ययन अनुसन्धान गरी नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिलाई आवश्यक सुझाव दिनेछ ।
प्राधिकरण सञ्चालक समितिको गत १९ पुसमा सम्पन्न बैठकले पारित गरेको निर्णयअनुसार मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल भित्र भइरहेका समस्या समाधान गर्नका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेको हो । सो समतिका अन्य सदस्यमा प्राधिकरणका कर्मचारीका तर्फबाट आधिकारिक ट्रेड युनियन संगठनका अध्यक्ष दमन रावल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडा, पर्यटन मन्त्रालयका उपसचिव मातृकाप्रसाद मरासैनी र पत्रकार रमेश लम्साल छन् ।
उच्चस्तरीय विमानस्थल अनुगमन समितिका संयोजक ज्योति अधिकारीले अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका समस्यामा छिट्टै सुधार आउने दाबी गरे । अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सुविधा हुँदाहुँदै पनि विविध कारणले विमानस्थलको अवस्था निकै कमजोर रहेको जानकारी गराउँदै संयोजक अधिकारीले राजधानीसँग भने, ‘अब अन्तर्राष्ट्रिय विमानस्थल भित्रका सबै समस्या समाधान हुन्छन् ।’
वायु सेवा सञ्चालकहरूलाई अहिले विमानस्थल भित्र पार्किङमा राखिएको जहाज जोगाउनै मुिस्कल भइरहेको, धावनमार्ग र शौचालयको दूरावस्ता, कमजोर सुरक्षा व्यवस्था एवं कर्मचारी समस्या मुख्य चुनौतीका रूपमा रहेको बताउँदै उनले ती समस्या समाधान गर्न प्राधिकरण सञ्चालक समितिलाई आवश्यक सुझाव दिएर आफूहरू अघि बढ्ने जानकारी दिए । विमानस्थलभित्रका अहिलेसम्म सरकारले उपलब्ध गराएका पूर्वाधार एवं जनशक्ति त्यसै खेर गइरहेको दाबी गर्दै उनले हाल भइरहेकै जनशक्ति एवं पूर्वाधारको उचित सदुपयोग गराउने कार्यमा समितिले महŒवपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्रालयका अनुसार प्राधिकरणले आव ०६७÷६८ मा २ अर्ब ५४ करोड ४८ लाख आम्दानी गर्न सफल भएको छ । प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले पनि गत आवमा २ अर्ब ५४ करोड ४८ लाख आम्दानी गर्न सफल भएको बताएका छन् ।

No comments:
Post a Comment