काठमाडौं, कात्तिक १३ । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले २०६८को शुभ दिपावलीको अवसरमा बृहत ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न गरेको छ । शुभदिपालीलाई भव्यताका साथ मनाउनुका साथै खालिङ राईहरुको जातीय, भाषिक तथा सांस्कृतिक सम्पदाको उत्थान गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
यसैबीच यहि कात्तिक १९ गते शनिबार दिउसो ठीक १ बजेदेखि नेपाली आगन रेष्टुरेन्ट चक्रपथमा उक्त देउसी–भैलो कार्यक्रमको समिक्षा तथा चियापान कार्यक्रम गरिने भएको छ । संघको गत शनिबार बसेको आपतकालिन बैठकद्धारा कलाकार तथा अविभावकहरुको उपस्थितिमा दुईदिने कार्यक्रमको समिक्षा तथा कलाकारहरुलाई हौसलास्वरुप सम्मान प्रदान गर्ने कार्यक्रम तय गरिएको संघको चौथो अधिवेशन मुल आयोजक समितिका संयोजक रामरतन खालिङ राईले जानकारी दिनुभयो ।
कात्तिक ९ गतेको दिन धापासीस्थित निरु खालिङको निवासमा, हात्तिगौडास्थित डोनी खालिङ निवासमा र हात्तिगौस्थित निराजन थापाको निवासमा हुनेछ भने १० गतेको दिन पाटन ताल्चीखलस्थित क्या. रामप्रसाद खालिङको निवास तथा बालवटारस्थित यसबहादुर राईको निवासमा औपचारिक रुपमा देउसी भैलो कार्यक्रम गरिएको देउसी भैलो कार्यक्रमका संयोजक संगीतकार पविधन खालिङले जानकारी दिनुभयो । संघले विगत ५ वर्षदेखि हरेक वर्षको शुभ दिपावलीको अवसरमा यस्तै देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।
आयोजकका अनुसार उक्त देउसी भैलो कार्यक्रममा कलाकारसहित करिब एक सय जनाको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रमका लागि एक दर्जनभन्दा बढि फरकफरक किसिमको नृत्यहरु देखाएको थियो भने विभिन्न रोमाञ्चक प्रस्तुतिहरुसमेत रहेको थियो । युवा नृत्यकार बसन्त खालिङ तथा सुनिता खालिङद्धारा निर्देशित सबै नृत्यहरुमा करिब ५० जना कलाकारहरु सहभागि रहेको संयोजक खालिङले जानकारी दिनुभयो । ‘प्रत्येक कार्यक्रमस्थलमा एक दर्जन भन्दा बढि खालिङ तथा नेपाली भाषाका गीतहरुमा एकल तथा समुहगत नाँचहरु देखाएको थियो; उहाँले भन्नुभयो–‘नृत्यहरुको साथमा विगतका कार्यक्रममा जस्तै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएकोले कार्यक्रम एकदम सफल रह्यो ।’ कार्यक्रमको लागि एकमहिनाअघि देखि संघद्धारा टे«निङको व्यवस्था गरिएको थियो ।
No comments:
Post a Comment