काठमाडौं, माघ २० । लाक्पा संगीत कोषको आयोजनामा पहिलो ‘लाक्पा संगीत साँझ’ कार्यक्रम सम्पन्न भएको छ । सांगीतिक क्षेत्रलाई उचाईमा पु¥याउनको लागि एकता आवश्यक रहेको ठहरसहित स्थापना भएको कोषले राजधानीको प्रज्ञाभवनमा विहिबार सो कार्यक्रम आयोजना गरेको हो ।
कोषका संरक्षक लाक्पाफुटी शेर्पाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन सभासद जिपछिरिङ लामाले गर्नुभएको थियो । कार्यक्रममा सभासद आङदावा शेपार्, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पेनीलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका जिपछिरिङ लामाले कोषलाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा पनि गर्नुभयो ।
लाक्पाको बारेमा दुई शब्द
विश्वमानचित्रमा नेपाल सानो भएपनि यहाँको गौरब गाथा विश्वसामु परिचित राख्ने माध्यम धेरै छन् । बुद्धको शान्तिप्रीय हाम्रो देश विश्वको सर्वोच्च शिखर सगरमाथा तथा अनगीन्ति प्राकृतिक छटाहरुले भरिपूर्ण छ । विभिन्न कालखण्डमा नेपाल आमाले शसक्त व्यक्तित्वहरुको जन्म दिइरहेकी छन् । त्यसैमध्येको एक ज्वालन्त उदाहरणीय व्यक्तित्व हुन् लाक्पा शेर्पा । वि.स. २०२० सालमा पूर्वीपहाडी जिल्ला इलामा जन्मेका लाक्पा आज शेर्पा समुदायको लागि मात्र नभई सिंगो मुलुकको अटल बन्न सफल भएका छन् । माता पासाङफुटी शेर्पाको गर्बबाट जन्मे बरिष्ठ गायक लाक्पाको बाल्यकाल त्यहि इलामको सुरम्य वातावरणमै वितेको थियो ।
मानवीय जीवनको सार्थकतालाई मनन गर्दै अध्ययन गर्न दार्जिलिङको गन्तव्य तय गरेका लाक्पाले बाणिज्य शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन् । लाक्पाले त्यहाँ रहँदा शास्त्रीय संगीतग्य स्वर्गीय मनिकुमार राईद्धारा आर्जित सांगीतिक ज्ञानलाई साकार रुप प्रदान गर्दै उहाँको गायन यात्रा सुरु भएको थियो । दैवीय वर्दानस्वरुप प्राप्त स्वरलाई निखारतर्फ उद्यत गराउने क्रममा सर्वप्रथम २०३५ सालमा दार्जिलिङमा भएको दुख निवारक सम्मेलनमा आयोजना गरिएको प्रतियोगितात्मक कार्यक्रममा प्रथम स्थान प्राप्त गरे । यसैक्रममा अल इन्डिया रेडियोबाट स्वर परिक्षा उतिर्ण गरेपश्चात वि.स. २०४० सम्म त्यहाँ रहँदा उहाँले ६० भन्दा बढि नेपाली गीतमा स्वर दिएर सांगीतिक यात्रामा इटा थप्ने काम गरे । यसरी आफ्नो अध्ययनलाई पुरा गरि वि.स. २०४१ सालमा उहाँ काठमाडौं आई संघर्षशील यात्रा तय गरे । र पुन संगीतलाई नै आफ्नो सारथी बनाए र निरन्तरता दिइरहे । काठमाडौंको प्रवेशपछि रत्न रेकर्डिङ संस्थानबाट आयोजित प्रतिभाको खोजी कार्यक्रममा दोस्रो स्थान प्राप्त गर्न सफल गायक लाक्पाका लागि गीत गाउने अवसर प्रसस्तै प्राप्त भए ।
त्यसैगरि रेडियो नेपालको वार्षिक कार्यक्रममा गीत गाएर पुरस्किृत भएका लाक्पा आफ्नो गायन क्षेत्रको मुलद्धार नै खुल्ल भएको भन्नेमा दुईमत छैन । स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, तारादेवी, प्रेमध्वज प्रधान, भक्तराज आचार्यलगायतका प्रसिद्ध गायकबाट प्रभावित गायक लाक्पाले शम्भु थापाको रचना र शिलाबहादुर मोक्तानद्धारा संगीतबद्ध पहिलो गीत पाएको जिन्दगी व्यर्थ फाले बोलको गीतलगायत अन्य चर्चित गीतहरु झस्केर दुख्छ यो मुटु मेरो, एनी लैलै बुढापाकाहरु भन्थे, नमरी बाचे, मोति दिएर आँशुजस्ता थुप्रै चर्चित गीत तथा अन्य फिल्म, गीतिनाटकमासमेत गीत गाएर चर्चाको शिखरमा पुगे । गायक लाक्पाको शुुभेक्षा, झस्केर दुख्छ, लाक्पा, सुपरहिट अफ लाक्पा, मुडस अफ लाक्पालगायतका कर्णप्रीय गीतिसंग्रह बजारमा आइसकेको छ ।
गायन क्षेत्रमा योग्दान दिएवापत उनी गो दु नि स दार्जिलिङ, रत्न रेकर्डिङ संस्थान, रेडियो नेपाल, लाइन्स क्लबअफ सोलुखुम्बु, टान, नेपाल विद्यार्थी मञ्च, नेपाल शेर्पा संघ, हिमालय शेर्पा सांस्कृतिक केन्द्रलगायत विभिन्न संघसंस्थाबाट पुरस्कृतसमेत भइसकेका छन । यसरी अनन्त सांगीतिक गन्तव्य पार गर्दै दुईदशक अवधीमा राष्ट्रिय गीत, आधुनिक गीत, फिल्म तथा गीति नाटकमा पार्सो गायनको रुपमा आफुलाई परिचित गरि करिब एक सय ३० भन्दा बढि नेपाली गीत गाई सांगीतिक फाटलाई हराभरा पार्ने कार्यमा लाक्पाको महत्वपूर्ण भूमिका रहेको छ ।

No comments:
Post a Comment