काठमाडौं, साउन । नेपालको एक मात्र राष्ट्रिय ध्वाजवहाक नेपाल वायुसेवा निगमको दुईमध्ये एउटा बोइङ ७५७ जहाजको सी–डक (जहाजको इन्जिनसँगै हुने एउटा पार्ट) मर्मत गरेवापत मर्मत गर्ने कम्पनीलाई गर्नुपर्ने भुक्तानीमा लाखौं घोटाला भएको पर्दाफास भएको छ । एजे वाल्टर नामक युके कम्पनीलाई मर्मतको लागि दिइएको उक्त सिडकको भुक्तानीमा करिब ८६ हजार अमेरिकी डलर (करिब ६१ लाख रुपैयाँ) घोटाला भएको निगम विशेष सूत्रबाट थाहा भएको हो ।
एजे वाल्टर कम्पनीसँग निगमले सी–डक एक्स्चेञ्ज अफरबापत ८० हजार अमेरिकी डलर भुक्तानी गर्ने सहमति गरेको थियो । त्यस्तै मर्मत कार्य सम्पन्न भइसकेपछि २ लाख ६६ हजार ५०० अमेरिकी डलर भुक्तानी गर्ने पनि सोही बेला सहमति गरेर उक्त सी – डक मर्मत गर्न पठाइएको थियो । त्यसमध्ये सी–डक एक्स्चेञ्ज अफर वापतको भुक्तानीमा करिब ६० हजार अमेरीकी डलर र मर्मतसम्भार भुक्तानीमा करिब २६ हजार अमेरीकी डलर घोटाला हुने स्रोतको दाबी छ ।
एक्स्चेञ्ज अफर भनेको सी–डक मर्मतका लागि पठाएर फिर्ता नभएको अवधिसम्मका लागि मर्मतकर्ता कम्पनीले सि–डक उपलब्ध गराउनु हो । त्यो अस्थायी भएकोले आफ्नो सी–डक मर्मत गरि ल्याउने वित्तिकै उपलब्ध गराउने कम्पनीलाई नै फिर्ता गर्नुपर्छ । सी–डकको लागि एक्स्चेञ्ज अफर अन्तराष्ट्रिय मान्यता प्राप्त प्रक्रिया हो ।
गत २० फेब्रुअरी २०१०मा सी–डक मर्मत कम्पनी एजे वाल्टर र निगमबीच त्यो सहमति भएको हो । सोही सहमतिअनुसार फेबु्रअरी २१ तारिखका दिन सी–डक एक्स्चेञ्ज अफर वापतको रकम निगमले एजे वाल्टरलाई भुक्तानी गरेको थियो । जबकी एजे वाल्टरसँग सी–डक मर्मतको लागि निगमले सहमति गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स नपाएकोले प्रतिस्पर्धामा आउन नसकेको एक ‘डिस क्वालिफाइट’ कम्पनीले २० हजार अमेरीकी डलरमै मर्मतको काम गरिदिने निगमलाई बताएको थियो ।
स्रोतका अनुसार एजे वाल्टरसँग सी–डकको मर्मत गर्ने सहमति भए पनि पछि सोही डिसक्वालिफाइड कम्पनीकै प्रमुख भुमिकामा मर्मतसम्भार सम्पन्न गरेर घोटाला गरिएको हो । स्रोतले भन्यो–‘एजे वाल्टरले नेपाल वायुसेवा निगमलाई भुक्तानीको लागि पठाएको विलमा सोही डीसक्वालिफाइट कम्पनीको नाम उल्लेख गरेर पठाएको छ । त्यसैले त्यसमा २० हजार डलरमा गरिदिन्छु भन्ने डीसक्वालिफाइट कम्पनीलाई नै त्यो मर्मत गराइएको पुष्टि हुन्छ ।’ त्यसमा करिब ६० हजार अमेरीकी डलर घोटाला भएको स्रोतले बतायो ।
त्यस्तै सी–डक मर्मतसम्भार सम्पन्न गरि गत मार्चको ११ तारिखमा निगमले आफ्नो सी–डक ल्याएको जनाइएको छ । अघिल्लो सहमतिअनुसार मर्मत गरेवापत एजे वाल्टरलाई तत्काल निगमले २ लाख ६६ हजार ५०० डलर भुक्तानी गर्नुपर्छ । त्यसमा पनि २६ हजार अमेरीकी डलर घोटाला हुने बताइएको छ । सो भुक्तानीको लागि एजे वाल्टरले निगमलाई बारम्बार ताकेता पनि गरिरहेको छ । तर कहिले व्यवस्थापन परिवर्तन त, कहिले निगमकै अन्य समस्याको कारण अहिलेसम्म त्यो रकम भुक्तानी गरिएको छैन । तत्कालिन महाप्रबन्धक कुलबहादुर लिम्बूको चलखेलका कारण पनि भुक्तानी प्रक्रिया लम्बिएको स्रोतको आरोप छ ।
निगमशाखाले दिएको जानकारी अनुसार बाँकी भुक्तानी प्रक्रिया अघि बढाइसकिएको छ । तर उत्ता, निगम कर्मचारी ट्रेड युनियनहरुले भने मर्मत गरेवापत एजे वाल्टर कम्पनीलाई छानविन गरेर मात्र भुक्तानी गर्नुपर्ने माग गरेका छन् । नेवानी कर्मचारी संघले छानविन नगरिकन कुनै पनि भुक्तानी गर्न नहुने तर्क अघि सारेको छ । अन्य कर्मचारी ट्रेड युनियनले पनि त्यसको छानविनको माग गरेका छन् ।

No comments:
Post a Comment